लगातार जङक फुड खाएर जीवन विताउन सम्भव छ ? धेरैको जवाफ हुनसक्छ, असम्भव । तर, एक २१ वर्षीय युवती भने १६ वर्षदेखि जङ्क फुड मात्र खाँदै आएकी छिन् । १५ बर्षको उमेरसम्म त उनले आलु चिप्समात्र खाएर बाँचिन् ।

इग्ल्याण्डकी फेयर क्याम्पबेललाई सागपात देखेपछि एजर्ली हुन्छ । उनले फलफुल र सागपात नखाएको १६ वर्ष भइसक्यो । उनी भन्छिन्-सागपात खाने र फुलफुलको टोक्नेबारे सोच्यो कि म शारीरिकरुपमा विरामी भएको महशुस गर्छु ।

यतिसम्की मुखको नजिक ल्याउनासाथ डर लाग्छ ।’ उनी अधिकांश समय पिज्जा, विस्कुट, लेज जस्ता जङ्क फुड खान्छिन् । उनको यही बानीका कारण उनी परिवारसँग बस्न समेत सकेकी छैनन् ।

उनी भन्छिन्-मेरो परिवारका सदस्यहरु म उनीहरुसँग बसुन् भन्ने चाहन्छन् तर, म सक्दिन ।’ उनका परिवारले खानामा लुकाएर सागपान खुवाउने प्रयास नगरेका पनि होइनन, तर उनले भेटाएर खान अस्वीकार गर्ने गरेको उनकी आमाले बताएकी छिन् । उनकी आमाले भान्सामा साग पकाइरहेका बेला उनी घरमा बस्नै सक्दिनन् ।

यो डरलाग्दो फोबियालाई उनको प्रेमजीवनमा समेत असर पार्ने गरेको छ । उनका प्रेमीहरुले राम्रा-राम्रा रेष्टुँरामा डेट गर्ने प्रस्ताव गर्छन् । तर, उनी त्यहाँ जाने हिम्मत गर्दिनन् । उनको यही बानीका कारण उनका हरेकजसो डेटिङ म्याकडोनाल्डमै अन्त्य हुने गरेको उनको गुनासो छ ।

आम मानिसहरुले जस्तो रेष्टुँरामा गएर खान उनलाई पनि मन छ तर यो फोबियाबाट मुक्ती पाउन सकेकी छैनन् । १६ बर्षदेखि जङ्क फुडकै भरमा बाँचेपनि उनीले आफ्नो मोटोपन नियन्त्रण गर्न सकेकोमा इष्र्या लाग्ने गरेको उनकी दिदी बताउँछिन् ।
मुम्बई– बलिउड अभिनेत्री करिना कपुरले भारतीय नाटक लेखिका अमृता प्रितमको भूमिका निर्वाह गर्ने सम्भावना बढेको छ। उर्दू कवि सहिर लुधियान्वीको जीवनीमा आधारित भई बन्न लागेको फिल्ममा करिनालाई अमृताको भूमिकाको अफर आएको हो।

सहिर र अमृताको रोमान्समाथि फिल्म आधारित रहेको चर्चा छ । सहिरको भूमिका फरहान अख्तरले पाइसकेको बताइएको छ। 'मैले स्क्रिप्ट पाएको छु, अभै पढिरहेको छु, अहिलेसम्म त मन परेको छ, म खेल्छु कि खेल्दिनँ, हेरौं,' करिनाले समाचारको पूरा पुष्टि भने गरिनन्। अशी दुवाको निर्माण रहने फिल्म जसमीत रीनले निर्देशन गर्नेछन्।
नेपालका संचारमाध्यममा त भारतिय कलाकारको बारेमा दैनिक जसो समाचार आउने गरेको छ । तर भारतका संचारमाध्यममा नेपालका कलाकारले कमै मात्र स्थान पाएका छन् ।

तर भारतको लोकप्रिय अनलाइन पत्रिका दैनिक भाश्करले नेपालका उत्कृष्ट १० सुन्दरीको सूचि प्रकाशित गरेको छ । यि कलाकारहरुले भारतमा आएर बलिउडमा धुम मच्चाउन सक्ने अन्दाज यो अनलाइन पत्रिकाको छ । उसो त नेपालबाट गएका कलाकारले भारतमा खासै धुम मच्चाउन सकेका छैनन् । तर पनि एक चर्चित वेभसाइटमा नेपाली कलाकारहरुको नाम समेटिनु पनि सुखद कुरा नै हो ।

दैनिक भाश्करका अनुसार नेपालकै सबैभन्दा सुन्दर नायिका मनिषा कोइराला हुन् । मनिषा पछि उसले मोडल पूणिर्मा गुरुङलाई दोश्रो स्थानमा राखेको छ । तेश्रो स्थानमा ‘लभ इन नेपाल’ नामक बलिउड चलचित्रमा उत्तेजक नृत्य गरेर चर्चा कमाएकी नायिका झरना बज्रचार्य छिन् ।

चौथो स्थानमा नायिका नम्रता श्रेष्ठ, पाचौ स्थानमा नायिका निशा अधिकारी, छैटौ स्थानमा मोडल विपना थापा, सातौ स्थानमा मोडल डिचेन लछमन, आठौ स्थानमा मोडल आयुषा कार्की, नबौ स्थानमा बर्षा थापाको नाम उल्लेख गरिएको छ । दशौ स्थानमा भने पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठको नाम समावेश गरिएको छ ।

यो सूचिमा नेपालका चर्चित तथा सुन्दर नायिकाहरुको नाम भने अटाएको छैन । यो सूचि कसरी र के आधारमा प्रकाशित गरियो भन्ने कुरा उल्लेख गरिएको छैन ।
कुकुरले एमबीए पास गर्न सक्ला ? प्रतियोगिताको जमाना छ, जे पनि हुनसक्छ । डाक्टर, इन्जिनियर देख्नु भएको होला । एमबीए होल्डर पनि देख्नु र चिन्नु भएको होला । तर, कुनै पनि जनावर कक्षामा बसेको देख्नु भएको छ ?

अमेरिकाको एक विश्व विद्यालयले भने कुकुरलाई एमबीएको डिग्री दिएको छ । डिग्रीको आधार भने उसले कुनै परीक्षा दिएर हैन कि १५ वर्षको ‘कार्यानुभव’ लाई मानिएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ लण्डनले फर्जी डिग्री दिएको चर्चा चलेको थियो । यसलाई पुष्टी गर्न एक न्यूज हाउसले कुकुरको डिग्रीका लागि आवेदन दियो । आवेदनमा कुकुरको पहिचान खुल्ने कुनै जानकारी मागिएको थिएन । १५ बर्ष काम गरेको अनुभव र नाम ‘पेटे’ उल्लेख गरिएको थियो । यससँगै ७ हजार २ सय ७८ डलर शुल्क पनि जम्मा गरियो ।

विश्वविद्यालयले कुनै छानविन र सोधखोज नगरी डिग्रीको प्रमाणपत्र दियो । यसबाट बिश्वबिद्यालयले कति हचुवामा डिग्रि बितरण गर्दोरहेछ भन्ने पुष्टी भयो । जे होस्, यो कुकुर भाग्यशाली ठहरियो र एमबीएको प्रमाणपत्र पाउने पहिलो कुकुर बन्यो ।
नर्वेको रूकान शहरमा जाडो याममा पहिलो पटक घामको किरण देखिएको छ । यो कमाल नजिकै रहेको पहाडमा राखिएको तीन ठूलो शिसाको हो । रूकान शहर एक गहिरो घाटीमा अबस्थित छ ।

वरिपरिका अग्ला पहाडका कारण त्यहाँ जाडोयामको ६ महिनासम्म मध्याहृनमा समेत घाम लाग्दैन । पहाडमा शिसा राख्नुपर्छ भन्ने धेरै पहिलेदेखि कुरा उठेको भएपनि यो प्रविधि २००३ मा मात्र बिकशित भएको थियो ।

बुधबार यो शहरमा घामलाई स्वागत गर्न ठूलो पार्टी आयोजना गरियो । जतिबेला बालबालिकालाई चर्को घामबाट बच्न चश्मा दिइएको थियो । यसअघि उनीहरु घाम ताप्न केबलकार बढेर पहाडका टाकुरामा जान्थे, तर बुधबार मध्य बजारमा पहिलोपटक घामको किरण पुग्दा शहरबासीमा बेग्लै उल्लासको वातावरण थियो ।

यसका लागि नजिकैको पहाडमा १७ स्क्वायर मिटरको तीन ठूला शिसा राखिएको छ । ती शिसामा ठोक्किएर शहरको मध्यभागमा घामको किरण पुग्नासाथ मानिसहरुले नर्वेको झण्डा फहराएका थिए । हातमा ककटेल लिएका उनीहरुले यसलाई ठूलै उत्सवका रुपमा मनाए ।

स्थानीय क्यारिन रोले समाचार एजेन्सी एपीसँग भनिन्- ‘यो गर्मी (घाम) निकै राम्रो लागिरहेको छ । जतिबेला हामीलाई पहाडको टाकुरामा जाने समय हुँदैन, त्यो बेला घामको किरण आफ्नो मुहारमा पाउनु निकै आनन्ददायक हुनेछ ।’ बुधबार त्यहाँको तापक्रम ७ डिग्री थियो, जहाँ जाडोयाममा खपिनसक्नुसम्मको चिसो हुन्छ ।
१५ कात्तिक, काठमाडौं । काठमाडौंको पुरानो बजार मखनमा तिहारको लागि भाइमसला किन्नेको भीड लागेको छ । यहाँ मसलाको थोक र खुद्रा दुवै बिक्री हुने गर्दछ ।

‘वहाँभन्दा यहाँ सस्तो र राम्रो पनि हुने रहेछ’, कोटेश्वरबाट आएकी सरिजा उपाध्यायले मखनमा भन्नुभयो, ‘गाडी भाडा र समयको खर्च गर्दा त उस्तै हो, तैपनि तिहारको बेला असन बजार हेर्न रमाइलै हुन्छ ।’

यतिखेर असनका गल्लीमा उभिएपछि एउटा चोकबाट अर्को चोक पुगिन्छ भनेर ठट्ठा गर्ने गरिन्छ । ‘उभिएको मानिस भीडले पेल्दै अर्को छेऊ पुग्ने रहेछ’, मूल बाटामा निस्केपछि मानिसहरु अनुभव सुनाउँछन् ।

आफूहरुले असनको तुलनामा २/३ प्रतिशत मात्रै महँगोमा बेचे पनि धेरै उपभोक्ता उहीं जाने गरेको बताउनुहुन्छ कोटेश्वरका व्यापारी छविलाल पाण्डे । ‘मानिसमा असन जाने छाप परेको छ, यहीं सुविधा दिए पनि छाप मेट्न गाह्रो छ’, उहाँको विश्लेषण छ ।

तिहारको पूर्वसन्ध्यामा सुकेका फलको मूल्य १० देखि २५ प्रतिशतले बढेको व्यापारीले बताएका छन् । डलरको मूल्य वृद्धि र सरकारले भन्सार मूल्यांकन बढाएको कारण वस्तुको मूल्य बढेको उनीहरुको भनाइ छ ।

नेपालमा एक वर्षभरिमा खपत हुने सुकेका फलको ७५ देखि ८० प्रतिशत तिहारमा बिक्री हुने खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्रचार्यले बताउनुभयो । उहाँका अनुसार, यो समय करिब ५० करोडको सुकेका फल बिक्री हुन्छ ।

पेस्ता र काजु केही मात्रामा पाकिस्तानबाट समेत आयात हुन्छ भने बाँकी सबै सुकेका फल भारतबाट आयात हुने गरेका छन् । तिहार बजारमा नेपाली उत्पादन र तेस्रो मुलुकको नगण्य हिस्सा हुने गरेको छ ।

दसैंअघि प्रतिकेजी १२५० रुपैयाँ रहेको पेस्ता अहिले १४०० रुपैयाँ पुगेको छ भने हाडे बदामको मूल्य ९५० रुपैयाँ प्रतिकेजीबाट १२०० रुपैयाँ पुगेको छ । त्यस्तै, काजुको मूल्य ९ सय रुपैयाँबाट १००० रुपैयाँ पुगेको छ ।

ओखरको मूल्य ३८० रुपैयाँबाट ४५० रुपैयाँ प्रतिकेजी पुगेको छ । सुकेको नरिवलको मूल्य प्रतिकेजी २०० रुपैयाँ पुगेको छ भने छोकडाको मूल्य १४० रुपैयाँको हाराहारी पुगेको छ ।

सरकारले महँगा सुकेका फलमा प्रतिकेजी १०० देखि १५० रुपैयाँसम्म भन्सार बढाएको व्यापारीले बताएका छन् । नेपालमा आयात हुने तिहार मसला भारतको आन्तरिक उत्पादन भएकाले डलरको अधिमूल्यनले मूल्य बढेको तर्क पूर्णतः सही नभएको केही व्यापारीले बताए ।

तिहारको बेला माग बढी हुने भएकाले व्यापारीले बढी मुनाफा कमाउन मूल्य बढाएको उपभोक्ताको आरोप छ । मखनमा सामान किन्न आएका बुद्धनगरका प्रमोद बास्तोलाले भन्नुभयो, ‘तिहारको सामान आयात गर्ने सीमित व्यापारी रहेछन्, कार्टेलिङ्ग गरेर मूल्य तोक्ने रहेछन् ।’

 यसबाहेक प्याकेट बन्द तिहार मसला पनि बजारमा उपलब्ध छन् । झन्झटबाट मुक्ति चाहने दिदी बहिनीका लागि सस्तोदेखि महँगो मूल्य सम्ममा प्याकेटहरु आएका छन् । २५० ग्रामको २५० रुपैयाँदेखि १५०० रुपैयाँसम्मका प्याकेट बजारमा पाइन्छन् ।
१५ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमिले जनतासामु कान समाएर माफी माग्नु भएको छ । चुनावी प्रचार-प्रसारका क्रममा काठमाडौं क्षेत्र नं ७ को तीनधारे पुग्नु भएकी नेतृ यमिले आफ्नो पहिलो कार्यकालमा तीनधारे क्षेत्रमा विकास गर्न नसकेकामा जनतासामु कान समाएर माफी माग्नु भएको हो ।

तामाङ समुदायको बाहुल्यता रहेको तीनधारे क्षेत्रमा सडक, खानेपानी तथा ढल जस्ता आधारभुत विकास निर्माणका कार्यहरु हुन नसकेको भन्दै स्थानीय जनताहरुले नेतृ यमि र त्यस क्षेत्रका एमाओवादी इन्चार्ज समक्ष घरदैलो कार्यक्रममै आक्रोस पोखेका थिए ।

काठमाडौ निर्वाचन क्षेत्र नं ७ लाई नमुना क्षेत्रको रुपमा विकास गर्न आफू सधै प्रतिवद्ध रहे पनि तीनधारे क्षेत्रकाबारेमा आफुलाई समयमै जानकारी नहुँदा यस्तो समस्य आएको भन्दै नेतृ यमिले माफी माग्दै कान समाउनु भएको हो ।
काठमाडौं– फिल्म 'राहदानी' युनिटले बिहीबार काठमाडौंको कलंकी हलमा चुनाव भएर संविधान बनोस् भन्ने कामना गर्दै देउसी खेलेको छ। तिहारको सेरोफेरोमा फिल्ममा राखिएको मारुनी गीत सार्वजनिक गर्ने क्रममा देउसी खेल्दै फिल्म टोलीले तिहार मनाएको हो।

गोविन्द कुसुमको शब्द र वसन्त सापकोटाको संगीतमा निशा देसारले गाएको गीतको भिडियो पनि कार्यक्रममा देखाइयो। यस्तै तीनमध्ये मारुनी रोजेर गीत कम्पोज गरिएको सगीतकार सापकोटाले जानकारी गराए।

फिल्मको देशव्यापी प्रदर्शनी चैत २७ बाट गरिने प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले जानकारी गराए। फिल्मको निर्माण कार्य कात्तिकमै पूरा हुने र मंसिरबाटै विभिन्न ठाउँमा च्यारिटी गरिने ढकालले जानकारी गराए।

वैदेशिक रोजगारका क्रममा नेपालीले भोग्दै आएका पीडालाई मुख्य कथा बनाएको निर्देशक डब्बु क्षेत्रीले खुलाए। फिल्ममा उनकै लेखन छ।

दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेतको अभिनय रहेको फिल्म छायाकार रामशरण उप्रेती र नृत्य निर्देशक राजु शाह छन्। फिल्मको केही अंश मलेसियामा समेत खिचिएको छ।