Home �
News
� भोलीसम्ममा चुनावी सरकार गठन-प्रधानमन्त्री भट्टराई
Unknown |
01:41 |
0
comments
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोलीसम्ममा चुनावी सरकार गठन हुने बताएका छन् । आज दिउँसो विराटनगर विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा प्रधानमन्त्री भट्टराईले सो कुरा बताएका हुन् । बहालवाला प्रधानन्यायधीश कै नेतृत्वमा भोलीसम्ममा सरकार गठन हुने बताउँदै प्रधानमन्त्री भट्टराईले सरकार गठनका लागि चाँडै सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्दा त्यसको संयन्त्र कस्तो हुने, अधिकार कति दिने भन्ने बिषयमा दलहरुवीच छलफल भइरहेको समेत उनले प्रष्ट पारे । अन्तर्राष्ट्रिय परम्परा र लोकतान्त्रिक पद्धतिलाई हेर्दा यही सरकारले निर्वाचन गराउनुपर्ने भएपनि विपक्षी दलसंग सहमति नजुटेपछि दोस्रो उत्तम विकल्प प्रधानन्यायधीशकै नेतृत्वमा सरकार बनाउनु नै रहेको उनको जिकिर छ ।
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments