बिहे गर्नका लागि केटीले बिहे अगाबै एउटा बच्चा जन्माउन अनिबार्य

NayaFilm | 19:34 | 0 comments


संसारमै बिहे गरेपछि मात्रै बच्चा जन्माउने प्रचलन छ । तर, एउटा पत्याउनै गाह्रो पर्ने खबर छ । त्यो के भने, भारतको एउटा जनजातिमा यस्तो परम्परा छ कि त्यहाँ केटीले बिहे गर्नका लागि एउटा बच्चा जन्माउनैपर्छ । चकित पार्ने यो खबर हावादारी होइन । यो शतप्रतिशत सत्य खबर हो ।

भारतको पश्चिम बंगालको जलपाइगुडी क्षेत्रमा टोटो नामक एउटा आदिम जातिको बसोबास छ । टोटोपाडा नामक त्यो बस्ती भारत र भुटानको सीमानामा पर्छ । सो जातिको परम्परा, रहनसहन, नीतिनियम सबै अचम्मका छन् । त्यहाँ विवाहको नियम पनि अनौठो छ । यो जातिका युवतीले बिहे गर्नका लागि बिहेपूर्व एउटा बच्चा जन्माउनुपर्छ । यो जातिमा युवाले आफूलाई मन परेकी केटी रातिमा चुपचाप भगाएर लग्ने प्रचलन छ ।

त्यसपछि त्यो केटी एक वर्षसम्म केटाको घरमा बस्छे । एक वर्षभित्र केटीले बच्चा जन्माइ भने मात्र ऊ बिहेका लागि योग्य मानिन्छे । त्यसपछि परिवारका सदस्यको सल्लाहमा बिहे सम्पन्न हुन्छ । एक वर्षमा केटीबाट जायजन्म भएन भने केटी फिर्ता पठाइन्छ । केटाकेटीले बिहे तोड्न चाहे भने सुँगुरको बलि दिई विशेष पूजा गरिन्छ । बिहेलाई टिकाइराख्नका लागि भने विधि केही खर्चिलो बनाइएको छ । त्यसकारण हत्तपत्त बिहे तोडिँदैन ।

टोटो भारतको सबैभन्दा कम जनसंख्या भएको आदिम जाति हो । हाल एक हजार दुई सय ६५ जना टोटो छन् । सन् १९९१ को जनगणनामा जम्मा नौ सय ३६ जना टोटो थिए । जनसंख्या बढाउनका लागि यो जातिमा परिवार नियोजन बर्जित छ । तर, पछिल्ला केही वर्षदेखि महिलाले भुटानतिर पसी छदम नाममा परिवार नियोजन गराउने गरेका छन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments