ज्ञानेन्द्र र भट्टराई उस्ता उस्तै "कु " गराई एउटै गगन थापा

NayaFilm | 15:24 | 0 comments


नेपाली काङ्ग्रेसका कन्द्रिीय सदस्य गगन थापाले पूर्व राजा ज्ञानेन्द्रले गरेझै प्रधानमन्त्री बाबुराम भट्टराईले पनि ‘कु’ गरेको आरोप लगाउनु भएको छ ।

थापाले पूर्व राजा ज्ञानेन्द्रले गरेको निर्बाचन र प्रधानमन्त्री भट्टराईले घोषणा गरेको निर्बाचनको कुनै तुक नरहेको स्पष्ट पार्नुभयो । नेपाली काङ्ग्रेस इलामले आज बिहान सदरमुकाममा ३० औ बीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा थापाले पछिल्लो समयमा प्रधानमन्त्री भट्टराई प्रभुहरुको सहयोगमा चलिरहेको बताउँदै मधेसी मोर्चाको साथ लिएर भट्टराई अनन्तकालसम्म सरकारमा बस्न खोजेको आरोप लगाउनुभयो ।

 चार वर्षसम्म पनि संविधान लेख्न नसकेकोे राजनैतिक दलले जनताको विश्वास गुमाउँदै गएकाले संविधानसभा ब्यूँताउने कुरा असम्भव रहेको प्रष्ट पार्नुभयो । माओबादिले जातीय राज्यको मुद्धा उठाएर जनतामा भ्रम छर्न खोजेको आरोप लगाउँदै नेता थापाले जातिय राज्य रोकेर, चाहेर र बनाएर बनाउनै नसकिने स्पष्ट पार्नुभयो ।

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments