एनआरएनए एनसीसी कतारको अहिलेसम्मकै उत्कृष्ट अवधारणा सार्वजनिक

NayaFilm | 12:19 | 0 comments


तिलविक्रम थेवे, दोहा÷कतार

गत १३ जुलाई २०१२ मा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले अहिलेसम्मकै उत्कृष्ट अवधारणा सार्वजनिक गरेर नेपाली दुतावास र नेपाल सरकारको सोझै ध्यानाकर्षण गरेको छ ।
नेपाली समुदायहरुको सहभागितामा वृहत् अन्तरक्रियाको आयोजना गर्दै एनआरएनए एनसीसी कतारले सार्वजनिक गरेको पाँच पृष्ठको अवधारणामा, कतारमा कार्यरत् नेपाली कामदारहरुको समस्याको छर्लङ्ग उजागर गर्दै विभिन्न स्रोतबाट बस्तुगत यथार्थ संकलन गरी समाधानका उपायहरु समेत सो अवधारणा पत्रमा उल्लेख गरेकाछन्
नेपाल सरकारका तर्फबाट केही महत्वपुर्ण र वैदेशिक रोजगारसंग प्रत्यक्ष सरोकार राख्ने उच्च कर्मचारीहरु श्रम मन्त्रालयका सचिव सोमलाल सुवेदी, सहसचिव बद्री खड्का, बैदेशिक रोजगार विभागका निर्देशक युगराज बराल, वैदेशिक रोजगार प्रवर्धन बोर्डका निमित्त निर्देशक गिरीजा शर्मा, प्रधानमन्त्री कार्यालयका अधिकृत झलकनाथ शर्मा तथा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बल बहादुर तामाङ्गको एक भ्रमण टोली नेपालबाट कतारमा आएका अवसरमा एनसीसी कतारले सो अहिलेसम्मकै उत्कृष्ट अवधारणा प्रस्तुत गर्दै अन्तरक्रियाको आयोजना गरेको हो ।
एनआरएनए एनसीसी, वैदेशिक रोजगार व्यवस्थापन समितिका संयोजक विनोद भट्टराईले पढेर सुनाएको सो अवधारणापत्रमा स्पष्टरुपमा वैदेशिक रोजगारीको सन्दर्भमा अहिलेसम्म देखिएको मुलभुत समस्याका स्रोत सरकारी निकाय नै रहेको ठहर गर्दै वैदेशिक रोजगारमा देखिएका ठगीमा दण्डहिनताको अवस्था, ऐन कानुनको कार्यान्वयन हुन नसक्नु, सरकारी निकायमा रहेको घुसखोरी ढिलासुस्ती, जस्ता कुराहरुले  वैदेशिक रोजगारको संरचना समेत अव्यवस्थित, अपारदर्शी र अमर्यादित बन्दै गएको अवस्था उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीमा आउन अघि र आईसकेपछि नेपाली कामदारहरुलाई पर्ने समस्याका ज्वलन्त कारणहरु उल्लेख गर्दै अवधारणापत्रमा श्रमविभागको हेलचेक्रयाई, कामदारलाई यथेष्ट जानकारी कुनै निकायले नदिनु, कालोसुचीमा रहेका कम्पनीहरु मार्फत कामदारहरु पठाइनु, जानजान ठगी गर्नु वैदेशिक रोजगारीमा नेपाली कामदारहरुले दुःख पाउने कारण बनेको छ भने कामदार रोजगारमा आई सकेपछि विभिन्न समस्या र कारणले ठगिने, तथा विभिन्न समस्याहरु आएर मानसिक, भौतिक रुपमा पराजय हुने बातावरण बन्ने जस्ता कुराहरु बुदागत र विस्तृत उल्लेख गरिएको छ ।  कामदारहरुको केही कमजोरी पनि कामदारहरुले दुख आफै दुःख पाउने कारण बनेको अवधारणा पत्रमा उल्लेख गरिएको छ ।
नेपाली नियोग कतारले पनि कामदारहरुको सुरक्षित आप्रवास र व्यवस्थित रोजीरोटीको लागि तुरुन्तै ध्यान पुरयाउनुपर्ने विषयमा पनि ७ बुदे सुझाव अवधारणामा उल्लेख गरि दुतावासको उच्चतम कर्तव्य र दायित्वको बोध गराउदै सोको कार्यान्वयनको अपेक्षा समेत गरिएको छ । यसैगरी नेपाल सरकारले गर्नुपर्ने कार्यहरुको वारेमा १५ बुदे सुझावहरु राख्दै वैदेशिक रोजगारमा जाने र गईसकेकाहरुको लागि महत्वपुर्ण कुराहरु औल्याएर नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।
बैदेशिक रोजगारीको लागि प्रत्यक्ष संलग्न रहने व्यवसायीहरु तथा एजेन्टहरुलाई समेत महत्वपुर्ण सुझाव दिएर श्रमिकको हक हितको लागि पनि गम्भीर रहनको लागि अवधारणा मार्फत उच्च सतर्क र सचेत गराएको छ ।
वैदेशिक रोजगारीको सन्दर्भमा एनआरएनएले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने तर्फ संकेत गर्दै अवधारणा मार्फत समग्र श्रमिकहरुको हकहितको लागि सबैसंग समन्वय र सहकार्य गर्ने जनाएको छ ।
सोही अवधारणा पत्रलाई आधारित मानेर अन्तरक्रिया कार्यक्रममा विभिन्न संघसस्था, समुदाय तथा एनआरएनएमा आवद्ध रहेका व्यक्ति र प्रतिनिधीहरुले विविध प्रश्नहरु नेपाल सरकारबाट आएका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायी संघ र नेपाली दुतावासलाई सोधेका थिए भने सम्पुर्णमा समेटिन नसकेता पनि यी विविध प्रश्नहरुको जवाफ सम्बन्धित व्यक्तिहरुले दिने प्रयास भने गरेका थिए ।
व्यक्तिगत भिषामा कामदार ल्याउने सवालमा दुतावासलाई रायसल्लाह दिने व्यक्तिहरुमा  एनआरएनए आइसीसीका सचिव टिवी कार्की, कमलमणी गुरागाई, मक्सुद आलम लगायतका रहेका थिए भने अन्य संघसस्थाका प्रतिनिधीहरुले ठगी दलालीको विषयमा समेत सवाल जवाफ गरेका थिए । यस्तै वैचारिक संगठनका अगुवाहरु राजेन्द्र श्रेष्ठ, विमल सुवेदी, दिलकिरण खजुम, रामहरी गैरे, सकिर अली, करिमबक्स मिया, प्रकाश केसी, रामु बस्याल, संघसस्था, सामाजिक अगुवाहरु नेपाली महिला समाजका अध्यक्ष रेखा राई, लेखक चकेन्द्र रार्इृ लगायतले विविध विषयमा प्रश्नहरु गरेका थिए ।
प्रमुख अतिथीको रुपमा रहेका महामहिम राजदुत डा. माया कुमारी शर्माले नेपाली समुदायबाट आइन्दा दुतावासले भौतिक, आर्थिक सहयोग नलिने र नमाग्ने जानकारी दिदैं नेपाल सरकारबाटै यथेष्ट सहयोग माग्ने कुरा बताए ।  नेपाली समुदायको समस्या समाधान गर्न दुतावासले प्रभावकारी भुमिका खेल्ने बताउदै दुतावास आफै सबै कार्य गर्न सक्षम रहेको आभास दिएका थिए ।
एनआरएनए एनसीसीका अध्यक्ष अमृत गुरुङ्गले अन्तरक्रिया कार्यक्रम मार्फत नेपाल सरकारलाई राय सुझाव दिएको हो र नेपाल सरकार र रोजगारसंग सम्बन्धित सबैको राय सल्लाह पनि थाहा गर्न र नेपाली कामदारहरुको यथार्थ जानकारी दिदै भैपरि आउने समस्याको निराकरणमा सबै लागिपर्न सबैलाई ध्यानाकर्षण गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताए ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments