जापानमा ४ लाख मानिसलाई घर छोड्न आदेश
|
|
३० असार, एजेन्सी । जापानको दक्षिण-पश्चिम क्षेत्रका करिब ४ लाख मानिसलाई घर छोड्न आदेश दिइएको छ । लगातारको वर्षाका कारण क्युसु क्षेत्रमा डुवान, बाढी पहिरोको खतरा बढ्दै गएको भन्दै ती मानिसलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लगातार तेस्रो दिनसम्म परेको वर्षाका कारण त्यहाँ करिव २९ मानिस हराइरहेका छन् । जापानको मौसमी विभागले त्यहाँ अझै बाढी, पहिरो आउन सक्ने अनुमान गरेका छन् । उनीहरूले एक घण्टामा करिब ११ सेन्टिमिटरसम्मको पानी मापन गरिएकाले उक्त क्षेत्रमा थपइ क्षति गर्न सक्ने भन्दै त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका हुन् ।क्युसुको उत्तरी क्षेत्रमा खोलाको बाधँहरु भत्किएकाले थप त्यसले थप विनास गर्ने भन्दै त्यहाँ रहेका करिब २ लाख ६० हजार मानिसलाई उक्त ठाउँ खाली गर्न आग्रह गरिएको छ भने सम्भावित खतरालाई मध्यनजर गर्दै १ लाख ४० हजार मानिसलाई भने सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
जापानमा क्युशुमा बाढी, कम्तिमा १९ को मृत्यु (फोटो फिचरसहित)टोक्यो । जापानको दक्षिण पश्चिममा पर्ने क्युसु क्षेत्रमा भारी वर्षापछि आएको भिषण वाढिमा परि कम्तिमा १९ जनाको मृत्यु भएको छ । बाढीमा परि अन्य ८ जना हराइरहेको छन् । उत्तरी क्युशुको कुमामोटो र आइटामा वर्षापछि आएको वाढिमा परि उनीहरुको मृत्यु भएको हो । बाढीका कारण शहर र गाउँवस्ती डुबानमा परेका छन् । सो क्षेत्रमा बसोवास गर्ने करिव ५० हजार स्थानीयबासी प्रवाभिवत हुन सक्ने भन्दै सरकारले सुरक्षित स्थानतर्फ सर्न भनेको छ
हराइरहेका ८ जनाको प्रहरीले खोजी गरीरहेको वताइएको छ । विहावार विहान देखि परेको अविरल वर्षाका कारण वाढिमा परी मृत्यु हुनेहरुको संख्या वढ्न सक्ने अनुमान गरिएको छ । वाढीले विचल्लीमा परेकाहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम सुरु गरिएको जापानी सञ्चामाध्यमहरुले जनाएका छन् । जापानको मौसम विभागका अनुसार शुक्रवारवाट झन भारी वर्षा हुने अनुमान गरेको छ ।
|
|

0 comments