हलिउड हिरो देवीघाटमा बिरामी स्याहार्दै
|
|
२६ पुस, नुवाकोट । हलिउडका प्रसिद्ध अभिनेता जोयल एड्गार्टन बुधबार देवीघाटमा भेटिए, त्यो पनि बिरामी स्याहार्दै । अस्ट्रेलियाको सिड्नीका बासिन्दा जोयल देवीघाटमा सञ्चालित आँखा शिविरमा उपचार गर्न आएका बिरामीलाई मंगलबारदेखि नै स्याहारिरहेका छन् । उनी शिविरलाई सहयोग गर्न अस्ट्रेलियाको संस्था द फ्रेड हलोज फाउन्डेसनका दूतका रुपमा नेपाल आएका हुन् ।
तिलगंगा आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीद्धारा आयोजित शिविरमा दुई सय ५० जना भन्दा बढी मोतीविन्दुको शल्यक्रिया भएको छ । शिविर सञ्चालकलाई हौसला प्रदान गर्ने उद्देश्यले आफू देवीघाटसम्म आईपुगेको उनले बताएको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।
उनले भने ‘यहाँका विरामीलाई मद्दत गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको छ ।’
हलिउडका वारिआर, द अड लाइफ अफ टिमाथी ग्रिन, जेरो डाके थर्टी, एनिमल किङ्डमलगायतका चर्चित फिल्मका नायक तथा स्क्रिप्ट लेखक ३९ बर्षका जोयलले अभिनय गरेका फिल्म द ग्रेठ ग्याट्स्बी र फेलोनी प्रर्दशनका क्रममा छन् ।
|
|
Category: News

0 comments