आमेरिकी सेना नेपालमा

NayaFilm | 05:23 | 0 comments

२८ माघ, काठमाडौं ।  अमेरिकी सेनाको एक टोली शनिबार नेपाल आएको छ । युएस आर्मी अलास्काका कमाण्डिङ जनरल मेजर जनरल मिखायल ग्यारेटको नेतृत्वमा नेपाल आएको टोलीले आइतबार जंगी अड्डामा प्रधानसेनापति गौरबसमशेर जबरासँग भेटघाट गरेको छ ।

ग्यारेटकोे टोलीले जंगी अड्डामा प्रधानसेनापतिका साथै बलाधिकृत रथी, व्यवस्था तथा युद्धकार्य महानिर्देशक र सैनिक विनय महानिर्देशकसंग समेत जंगी अड्डामा भेट गरेको नेपाली सेनाले जनाएको छ ।
टोलीले नगरकोटस्थित सैनिक शिक्षालय र मध्य एयर बेशको भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अमेरिकी सेनाको टोली फागुन १ गते स्वदेश र्फकने बताइएको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments