अर्कैको घर देखाएर ३ लाख असुल्ने पक्राउ

Unknown | 11:00 | 0 comments

अर्कैको घर देखाएर ३ लाख असुल्ने बाग्लुङ पैयुपाटा–७ का बुद्धिबहादुर क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले पक्राउ गरेको छ । बाग्लुङ नगरपालिका वडा नं १ मा अवस्थित मिना क्षेत्रीको घरलाई आफ्नो भन्दै पर्वत मल्लाजका सरिता हमाल र एमबहादुर मल्लबाट असोज १४ गते क्षेत्रीले तीन लाख रुपैया असुलेका थिए । एक महिनामै घर नामसारी गर्दिन्छु भनेर सुरुमै तीन लाख रुपैया लिएका क्षेत्रीले लामो समयसम्म पनि बहानाबाजी गर्दै टार्न थालेपछि पीडितले आफु ठगीएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी हालको ४ दिनमै प्रहरीले क्षेत्रीलाई पक्राउ गरेको हो । अर्कैको नाममा भएको एक तले घरलाई ४५ लाखमा किन्नकोलागि क्षेत्रीले मल्ल र हमाललाई तयार बनाएका थिए । ‘माघ १५ गते घर पास गरिदिन्छु भनेर पैसा लगेपछि क्षत्री बेपत्ता भए’, पीडित एमबहादुर मल्लले भने, ‘हामी पटक पटक उसको घरमा गयौ तर उसलाई भेट्न सकेनौ ।’ क्षेत्रीले सुरुमै आठ लाख बैना मागे पनि आफुहरुले कागज बनाएर ३ लाख मात्र रकम दिएको मल्लले जानकारी दिए । मल्लको परिवार अहिले बानपा १ रामरेखामा बस्दै आएका छन् । ठगी गर्ने क्षेत्रीले जग्गा पास गर्न नसकेको र जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले आफुलाई अनावश्यक दुःख दिएको भनेर जिल्ला अदालतमा मुद्दा दायर गरि बठ्याइ गर्न खोजेको समेत मल्लले जानकारी दिए । उनले भने –‘हामीलाई यसरी दुःख दिनेलाई त्यसै छोड्न हुदैन ।’ ठगी गर्ने क्षत्री अहिले हिरासतमा छन् । छानबीनको क्रममा क्षत्रीले ३ लाख लिएको स्वीकार गरेको प्रहरी नायव निरिक्षक शैलेन्द्र खड्काले बताए ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments