प्रेमी-प्रेमिका नजिक रहन चाहन्छन्

Unknown | 18:40 | 0 comments

प्रेमी-प्रेमीका एक-अर्काबाट छुट्टिने कल्पना समेत गर्न सक्दैनन् । उनीहरु सकेसम्म आफ्ना प्रेमी या प्रेमीकालाई आफ्नो नजिक राख्न चाहन्छन् । तर प्रेमी-प्रेमिका किन नजिक रहन चाहन्छन् त्यो भने अहिलेसम्म खुलेको थिएन | नात्रे डेम विश्वविद्यलयमा समाजशास्त्रको अध्यापन गर्दै आएकी प्राध्यापक लिजाबेथ मैक्लिटकले गरेको अध्ययनबाट प्रेमी-प्रेमीका नजिक आउनुको कारण पत्ता लागेको बताइएको छ । उनले गरेको अध्ययन अनुसार प्रेमी-प्रेमीका एक अर्काका नजिक आउने चाहना राख्नु उनीहरूबिचको उमेर र शारीरिक आकर्षण नै मुख्य कारण हो र यसरी शारीरिक आकर्षण हुनेको मुख्य कारण उनीहरू विपरित लिङ्गी हुनु हो।उनले 'बायोडेमीग्राफी एण्ड शोसल बायोलोजी'मा प्रकाशित गरेको आफ्नो सोधपत्रमा भनेकी छिन्, 'प्रेमी-प्रेमीका दुवै एक-अर्काका नजिक आउन चाहन्छन् ।
उनीहरुले आफुले चाहेजस्तो साथी पाउने आशामा एक-अर्काका नजिक आउन चाहन्छन् र आफ्नो सबैभन्दा मन मूल्यवान वस्तु प्रेमी या प्रेमीकालाई दिने गर्छन् ।' उनका अनुसार जीवनसाथी छान्दा प्राय धेरैले सुन्दरतालाई ध्यान दिने र उनबाट आफूप्रतिको प्रमको प्रतिबद्धता चाहने गरेका हुन्छन् |

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments