ब्रिटेनकी महारानी एलिजाबेथ सबैभन्दा शक्तिशाली महिला

Unknown | 18:45 | 0 comments

लण्डन, फागुन २, ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयलाइ ब्रिटेनको सबैभन्दा प्रभावशाली महिलामा चुनिएको छ । ब्रिटेनमा गरिएको १०० सबैभन्दा प्रभावशाली महिलाहरूको सूचीमा उनी शीर्ष स्थानमा रहेकी छन् । यस सूचीमा आश्चर्यजनक कुरा के देखियो भने शाही परिवारकी सबैभन्दा नयाँ सदस्य डचेज अफ क्याम्ब्रिज केट मिडलटन आफ्नो स्थान सुरक्षित राख्न सफल भइनन् । बीबीसी द्वारा पहिलो पटक जारी ब्रिटेनको सबैभन्दा प्रभावशाली महिलाहरूको यस सूचीमा केट मिडलटनलाइ ‘प्रभावशाली’ भने मानिएको छ, तर ‘शक्तिशाली’ भने मानिएन । ब्रिटेनको १०० सबैभन्दा शक्तिशाली महिलाहरूको घोषणा रेडियो ४ को ‘वुमेन्स आवर’ कार्यक्रममा गरिएको थियो । यसमा महारानीलाइ सबैभन्दा सुरक्षित मानिएको छ, किन भने उनीसंग कानूनलाइ अस्विकार गर्ने तथा प्रधानमन्त्रिहरू चुन्ने समेत शक्ति रहेको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments