डाक्टरको लापरवाहीका कारण एक युवक भए गर्भवती

Unknown | 14:51 | 0 comments

एजेन्सी), ६ फागुन : गर्भवती हुने र बच्चा जन्माउने प्रक्रिया त मात्र महिलाले अपनाउने गर्छिन् अर्थात यो नियम त महिलामा मात्र लागु हुने गर्छ । त्यसैले पुरुष गर्भवती हुने र बच्चा जन्माउने कुरा त हामी सोच्न पनि सक्दैनौ । तर पुरुष पनि गर्भवती हुने कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तपाईलाई मात्र किन जसले पनि यो समाचार पढ्नुहुन्छ वहाँ सबैलाई अचम्म लाग्न सक्छ । कजाकिस्तानमा १५ वर्षीय एक युवक गर्भवती भएको डाक्टरहरुले घोषणा गरी दिएका छन् । उसलाई यस्तो बनाउने औषधी पनि दिइएको थियो भने ५० हजार टेंगे ( करीब १७,८०० ) को विल पनि हातमा थमाइदिएको थियो । युवकको परिवारजनलाई यस कुराको शंका भएपछि मात्र डाक्टरहरुलाई यस गल्तीको बारेमा थाहा पाएका थिए । ती युवक एक्टोब शहरको एक अस्पतालमा मृगौला सम्बन्धी रोगको उपचार गराउन भर्ती भएका थिए । डिस्चार्ज हुने समयमा मेडिकल हिस्ट्रीमा गर्भवती भएको पनि लेखिएको थियो ।युवकको परिवारको शिकायत पछि अस्पतालका डायरेक्टरले यो मेडिकल साइन्सको कुनै नया खोजी नभइ, अतिउत्साही डाक्टरको गल्तीका यो नतीजा भएको बताएका छन् । युवकको भनाइ अनुसार ती युवकले डाक्टरहरुले दिएको सबै औषधीप् सेवन गरेका थिए । औषधी सेवनको केही समयपछि उनी एलर्जीको शिकायत भएको थियो । किनकी ती औषधीहरु मृगौलाको समस्यासंग सम्बन्धीत थिएन । युवकका परिवारले हस्पिटलमा मुद्दा गरी १० मिलियन टेंगे ( करीब ३५,६२,८४५ ) को दावा पेश गरेको छ । तर अदालतले घटनामा पुनर्विचारको गर्ने कुरा गर्दै रकम कटौती गरिदिएको छ । उनीहरुले अदालतमा फेरी अपील गर्ने युवकको आफन्तले बनाएका छन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments