माओवादीको नयाँ नाम 'नावाकाद' राखे ओलीले

Unknown | 01:37 | 0 comments

एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले एमाओवादी नामको वामपन्थी, कामको दक्षिणपन्थी भएको बताएका छन् । प्रेस चौतारी नेपालले आज काठमाण्डौँमा आयोजना गरेको अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् । सत्तारुढ माओवादीलाई नयाँ नाम दिँदै उनले नावाकाद भनेका हुन् । जसको मतलब नामको वामपन्थी र कामको दक्षिणपन्थी भएको उल्लेख गरेका थिए ।
अहिले हेटौँडामा जारी माओवादीको महादिवेसन भाषण गराउने र ताली बजाउने मात्र भएको उल्लेख गर्दै माओवादी कम्युनिष्ट नभइ उग्र वामपन्थी भएको ओलीको भनाई थियो । ब्यङ्ग्य दिन माहिर नेता ओलीले अन्तक्रियामा बोल्दै माओवादी भनेको जुन थालमा खान्थे, त्यही थालमा खाने र जुक कुर्सीमा थिए, त्यही कुर्सीमा बस्ने पार्टी भएको बताए ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments