पारस शाहलाई ‘डिप्रेसन’ हिमानी पनि निराश

Unknown | 01:47 | 0 comments

काठमाण्डौं । थाइल्यान्डको बैंककमा एक्लो जीवन विताइरहेका पूर्वयुवराज पारस शाहलाई विस्तारै ‘डिप्रेसन’ले सताउन थालेको छ । तर पनि परिवारले पारसलाई काठमाण्डौं बोलाएको छैन् । भावी राजाको भूमिकाबाट बञ्चित पारस आफ्नै बुबाको राजनीतिक कदमबाट असन्तुष्ट छन् । पहिलादेखि नै गाँजालगायतका लागु औषध सेवन गर्दै आएका उनलाई पछिल्लो समयमा परिवारबाटै पूरै एक्लिएपछि डिप्रेसनले सताउन थालेको उनका साथीहरुको भनाई छ । गाँजासहित समातिएपछि उनी थाइल्यान्डमा सुधारगृहको निगरानीमा छन् । ९० केजीका पारस अहिले तौल घटेर ६५ केजी पुगेका छन् । उनमा छाएको निराशाको संकेत साथीहरुले ज्ञानेन्द्र र हिमालीलाई सुनाईसकेपनि कसैले फोन पनि गरेको छैन् ।
हिमानी पनि निराश सार्वजनिक कार्यक्रममा सँधै हँसिली देखिने पूर्वयुवराज्ञी हिमानी यतिखेर निराश भएर निवासभित्रै सीमित भएकी छिन् । पति पूर्वयुवराज पारस गत बर्ष ११ भदौमा बैंक गएदेखि हिमानी एक्लो जीवन विताइरहेकी छन् । करिब ६ महिनायता हिमानी र पारसबीच फोनसम्पर्क समेत हुन छाडेको छ । हिमानील्े कसरी जीवन विताईरहेकी छिन्, उनको चाहाना के के छन्, पारसले मतलब गर्न छाडेको खबर नयाँ पत्रिकाले छापेको छ । अहिले हिमानी र पारस एक्ला एक्लै छन् । स्रोतका अनुसार पारसबिनाको एक्लो जीवन बिताउँदा हिमानी मानसिक रुपमा असन्तुष्ट छिन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments