कार र हेलिकप्टर रेसमा हेलिकप्टर दुर्घटना...(भीडियो)

Unknown | 07:54 | 0 comments

कार र हेलिकप्टरबीच रेस चलिरहेको थियो । यसैक्रममा हेलिकप्टर सिधै जमिनमा बजारिन पुग्यो । यो घटना हो, एरिजोनाको । उक्त घटना एउटा कार र हेलिकप्टरबीचको रेसको शुटिङका क्रममा भएको थियो । मरूभूमीमा हेलिकप्टर र कारबीच रेस भइरहेका बेला हेलिकप्टरका विमान चालकले आफ्नो नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको थीयो । हेलिकप्टर दुर्घटना भएपनि त्यहाँ रहेका कोही पनि घाइते भएका थिएनन् । उक्त दुर्घटनाको तस्विरहरू उक्त सुटिङको भीडियो लिइरहेका क्यामराम्यानले लिएका थिए । क्यामेराले उक्त हेलिकप्टरको दुर्घटना हुँदाको अवस्था समेत कैद गर्न सफल भएको थियो । भिडीयोमा हेलिकप्टरले आफ्नो नियन्त्रण गुमाएको प्रष्ट नै देखीन्छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments