श्री स्वस्थानी ब्रतकथा आज समापन हुँदैछ
|
|
ब्रत समापनको शिलसिलामा शालीनदीमा आइतबार देखि नै महिलाहरुको निकै घुइचो लागेको छ । यसै अवसरमा शालीनदीमा मेला पनि लाग्ने गर्दछ । परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरु १ महिना देखि यो ब्रत लिने गर्छन् । यसैगरि महिलाहरुले विशेषगरि श्रीमान्को सुस्वास्थ्य र दिर्धायूको कामना गर्दै यो ब्रत लिने गर्छन् । अविवाहीत महिलाहरुले भने राम्रो श्रीमान् पाउने आशामा यो ब्रत लिने गर्छन् । श्री स्वस्थानीको ब्रतकथामा हिमालय पुत्री पार्वतीले महादेव पती पाउनाका लागि ब्रत लिएको कुरा उल्लेख छ । (src. dcnepal)
|
|
Category: News

0 comments