पुरुषले महिलालाई नभन्ने केही कुराहरु.....

Unknown | 01:54 | 0 comments

जति नै सामजिक र खुलस्त भएपनि पुरुषले सवै कुरा महिलालाई भन्दैनन्। केही कुरा महिलाले पुरुषका बारेमा आफै थाहा पाउने पर्ने र बुझ्न पर्ने हुन्छ। त्यसैले महिलालाई मात्रै बुझ्न गाह्रो हुने आमधारण पुर्णरुपमा सत्य होइन्, बुझ्न त पुरुषलाई पनि उत्तिकै गाह्रो हुन्छ। यहाँ पुरुषले महिलालाई नभन्ने केही कुरा प्रस्तुत गरिएको छ, जसले पुरुषलाई बुझ्न सहयोग हुनेछ। पुरुषले महिलालाई नभन्ने कुराहरु..... १. म परिपक्व भइसके भनेर जति गफ लगाए पनि पुरुषहरु महिला समक्ष चकचके केटा नै बन्न चाहन्छन्। उनिहरु जिवन भरिनै 'लवर ब्वाइ'को इमेजमा बाँच्न चाहन्छन्। भलै महिलाहरुलाई थाहा नहोस परिपक्व र सामजिक देखिनु भन्दा चुलबुले बन्नुमा पुरुषको रुची ज्याद हुन्छ । २. पुरुषहरु आफ्नी गर्लफ्रेन्डसंग अन्य आफ्नै साथी या पुरुषहरु धेरै बोलेको र हिमचिम बढाएको पटक्कै मनपराउँदैन्। मेरा साथीहरु बोल्दा,कुरा गर्दा तिमिले अफ्ट्यारो मान्नु पर्दैन् भनेर बाहिर उनिहरुले बोलपनि भित्री रुपमा भने कुरा अर्के हुन्छ। यसलाई पनि महिलाले बुझे सम्वन्धमा समस्या कम आउँछ।
३. धेरै पुरुषहरु आफूलाइ निकै हिम्मतवाल र शाहसी भन्न रुचाउँछन् र तिमिले छोडेर गए अर्की पाउँछु भनेर फुर्ती समेत लगाउँलान तर उनिहरुलाई गर्लफ्रेन्डले छोड्ली भन्ने ठुलो पिर हुन्छ । बाहिर नभने पनि पुरुष महिलाको बारेमा सधै सशंकित रहन्छ। ४. प्रशंसा महिलाले मात्रे खोज्ने होइनन्, पुरुषहरु पनि महिला र विशेष गरि गर्लफ्रेन्ड वा श्रीमतीले प्रशंसा गरिदियोस भन्ने चाहना राख्छन्। विशेष गरि आफले हासिल गरेको उपलब्धी र सेक्सका बारेमा प्रशंसा सु्न्न पुरुष लालायित रहन्छन् । ५.कुरा सु्न्न पुरुष पनि चाहन्छन्। धेरै पुरुषहरुले भो मेरा अगाडी अरुका कुरा नकाट, यस्ता कुरा सुन्न चाहन्न्, भन्ने गरेपनि भित्रीरुपमा भने पुरुष पनि कुरा सु्न्न र थाहा पाउन लालायित हुन्छन्। छरछिमेक वा आफन्तमा कसले के कुरा गर्यो भन्ने रुची पुरुषमा पनि उत्तिकै हुन्छ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments