‘ट्यापे–मुन्द्रे’ बढ्न थालेको भन्दै ‘सफाइ अभियान’ सुरु
|
|
राजधानीमा पछिल्ला दिनमा भएका चोरी, डकैत, लुटपाट मात्र नभई हत्यामा समेत किशोर उमेर समूहकाहरू नै संलग्न भएको भेटिएपछि प्रहरीले यो अभियान सुरु गरेको हो । पक्राउ परेकामध्ये गाँजा, चरेसलगायत लागुऔषध दुव्र्यसनीमा फसेकाहरू रहेका प्रहरीले जनाएको छ । सडकका आवारा तथा गुन्डाहरूलाई विशेष निगरानी गरिएको पनि प्रहरीले जानकारी दिएको छ । डिएसपी सिंहले भन्नुभयो, ‘समाजमा अशान्ति मच्चाउने, गँजेडी, आवारा, गुन्डाहरूलाई विशेष निगरानीमा राखिएको छ, साथै अस्वाभाविक रूपमा जुल्फी पाल्ने, महिला जिस्क्याउने, चोक–चोकमा दिनभर बरालिएर बस्नेहरूलाई पनि निगरानीमा राखिएको छ, पहिलो अभियानअन्तर्गत पनि उनीहरू नै धेरै समातिएका छन्, अब हामीले उनीहरू सबैको रेकर्ड बनाउँछौँ ।’ डिएसपी सिंहका अनुसार यो अभियान निरन्तर चल्नेछ । टोलका मुन्द्रेहरूलाई तह लगाउने यो अभियान नयाँ भने होइन, यसअघि पनि यस्ता अभियान चलाइने गरिन्थे । अभियानअन्तर्गत पक्राउ गरिएकाहरूमाथि अनुसन्धान गरी शंका लागेकामाथि म्याद थप गरी पुनः अनुसन्धान गरिने र कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।
|
|
Category: News

0 comments