मलेसियामा एक नेपालीको मृत्यु

Unknown | 22:49 | 0 comments

मलेसिया,फागुन १७ । रोजगारीको शिलशिलामा मलेसिया आएका एक नेपालीको मृत्यु भएको छ । मलेसियाको क्वालालम्पुमा रहेको ‘द वेस्ट रेन्टल सर्भिस एचबिएनबिएचबी’ कम्पनीबाट भागेर अर्कै ठाउँमा काम गर्दै आएका खोटाङको खिदिमा–६ का २३ वर्षिय सिंह राज राईको ज्यान गएको हो । राईको पेट दुख्ने र झाडापखाला लाग्ने लक्षण देखिने स्वास्थ्य समस्याका कारण ज्यान गएको हो । उपचारका लागि सोमवार केलाङ अस्पतालमा लगिए पनि राईको मंगलवार ज्यान गएको हो । ललितपुरको लगनखेलमा रहेको मेनपावर कम्पनीमार्फत मलेसिया आएका राईले अवैधानिक रुपमा काम गरिरहेको भएपनि परिचय खुलेकाले अब चाँडै शव नेपाल पठाईने केलाङमै रहेका नेपाल धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments