पप्पु कान्ट डान्स भन्नेलाई पप्पु’ क्यान डान्स भन्ने जवाफ फर्काए

Unknown | 02:03 | 0 comments

अन्ततः चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ ले आफ्नो कार्यभार सम्हालेका छन् । आइतबार चलचित्र बिकास बोर्ड पुगेर उनले काम सम्हालेका हुन् । उनलाई स्वागत गर्नका लागि केही दिन अघि विरोध गर्दै आन्दोलनमा उत्रिएका चलचित्रकर्मी समेत चलचित्र बिकास बोर्ड परिसर पुगेका थिए ।उनलाई स्वागत गर्न निर्माता रोज राणा, निर्देशक आकाश अधिकारी, चलचित्रकर्मी मोहन निरौला, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ बोर्ड परिसर पुगेका थिए । केसी, श्रेष्ठ र अधिकारी चलचित्रकर्मीको आन्दोलनमा सक्रिय भएर लागेका थिए । तर चलचित्रकर्मीको आन्दोलनमा निर्माता रोज राणाको उपस्थिती थिएन । चलचित्रकर्मीको आन्दोलनको विरोध गर्दै आएका रोज पप्पुलाई स्वागत गर्न उपस्थित हुनुलाई अर्थपुर्ण तबरबाट हेरिएको छ । कार्यक्रममा बोल्दै नव नियुक्त अध्यक्ष धमेन्द्र मरबैत्ताले सिनेमा क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध भएर लाग्ने बताए । उनले हरेक महिनाको अन्तिम शुक्रबार सिनेमा सम्बद्ध संघसंस्थासँग छलफल गरेर अघि बढ्ने बताए । बोर्ड प्रवेशको पहिलो दिन पप्पुले लिखित सम्बोधन गरेका थिए ।
चलचित्रकर्मीले पप्पुलाई स्विकार नगर्ने भन्दै विरोध जनाएपछि अध्यक्ष पदमा नियुक्त भएको हप्ता दिन बितिसक्दा पनि उनी बोर्ड जान सकेका थिएनन् । तर चलचित्रकर्मी र सरकारबिच ११ बुँदे सहमती भएपछि पप्पुलाई बोर्ड जान सजिलो भएको हो । चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएपछि अधिकांश चलचित्रकर्मीले ‘पप्पु कान्ट डान्स’ लेख्दै फेसबुकका भित्ता रंगाएका थिए । तर चलचित्र बिकास बोर्डको अध्यक्षको पद सम्हालेर पप्पुले ‘पप्पु क्यान डान्स’ भन्ने जवाफ फर्काएका छन् । २ महिना भित्र चलचित्रकर्मीसँग भएको सहमतीलाई कार्यान्वयनमा ल्याउनुपर्ने दायित्व बोर्ड अध्यक्ष पप्पुको छ । तर पहिलो दिनमै लिखित सम्बोधन गरेर आफ्नो कार्यक्षमता माथी धेरैको औला उठाउने ठाउँ दिएका पप्पुले कार्यभार पुरा गर्न सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments