नायिका सुमिना घिमिरे र संबेदना सुटुक्क मलेसिया उडे

Unknown | 01:22 | 0 comments

केही समय अगाडि
फिल्म 'रंग'का निर्देशक रोशन हमालसँगको हिमचिमका कारण चर्चामा थिइन् । अहिले फेरि नायिका सुमिनाको नाम एक निर्मातासँग जोडिएको छ । फिल्म 'नाईन ओ क्लक'का निर्माता रमेश संबेदना र सुमिनाबीचको हिमचिमले निकै चर्चा पाएको छ । यो चर्चालाई झन् तातो बनाएको छ संबेदना र सुमिना सुटुक्क मलेसिया उडेको खबरले । आफ्नो निकटका चलचित्रकर्मीहरुलाई भारत जान लागेको बताएका संवेदनाले सुमिनालाई लिएर मलेसिया हानिनुले केही संका भने उब्जिन सक्छ । उनीहरुले नाइन ओ क्लकको प्रदर्शनको लागि मलेसिया उडेको बताए पनि मलेसियामा प्रदर्शनको तयारी नगरीएको स्रोतले बताएको छ । मलेसिया उड्नु भन्दा पहिले त्रिभुवन बिमानस्थलमा सुमिना र संबेदनाको दृश्य पनि हेर्न लायकको भएको एक प्रत्यक्षदर्शीले नाम नबताउने सर्तमा बताएका छन् । उनीहरु एक अर्काको अंगालोमा रमाउँदै हिडेका थिए ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments