Home �
interesting
� महिलाको पेटबाटै चोरियो बच्चा
Unknown |
01:59 |
0
comments
७ फागुन, एजेन्सी। एक ब्राजिलियन महिलाले आफ्नो पेटबाटै बच्चा चोरिएको दाबी गरेकी छिन् ।उनले अस्पतालले नै बच्चा चोरेको पनि आरोप लगाएकी छिन्। १९ वर्षिय युवती लायन सन्तोष प्रसुती पिडा पछि साओपाउलोमा रहेको एक अस्पतालमा पुगेकी थिइन्। उनको त्यहाँ सिटिस्क्यान गरिएको थियो, सिटिस्याक्यानमा उनको पेटमा बालिका रहेको थाहा भएको थियो, नर्सहरुले उनको बच्चाको बढ्दो आकारको बारेमा तथ्याङक समेत राखेका थिए। उनको चेक जाँचको क्रममा उनको गर्भमा रहेको बच्चाको हार्टबिट समेत जाँचिएको थियो।

यसरी गर्भमा शिशु रहेको थाहा भएपछि लायन र उनका श्रीमानले छोरीको नाम समेत राखे । उनिहरुले बच्चा आगमनको लागी नयाँ ठुलो घर समेत किने। त्यतिले पनि नपुगेर उनिहरुले बच्चाको लागी चाहिने लुगा र फर्निचरमा समेत २ हजार पाउण्ड खर्च गरिसकेका थिए। उनले बच्चा पाउने घोषित दिन भन्दा एक दिन अगावै उनि प्रसुती पिडा पछि पुनः अस्पताल गइन्। डाक्टरहरुले उनको अप्रेसन गर्नपर्ने बताए। तर अप्रेसन पश्चात डाक्टरहरुले उनको पेटमा बच्चा नै नभएको बताए। डाक्टरहरुले यसलाई 'साइकोलोजिकल गर्भधारण' भनेर बताए। तर लायन भने आफ्नो बच्चा चोरी भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी छिन् ।
Category:
interesting
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments