Home �
News
� नायिका निता ढुङ्गानाले धोका पाएको कुरा गर्दै
Unknown |
17:43 |
0
comments
भ्यालेन्टाइन डेको रौनक अझै सकिएको छैन । प्रेमी प्रेमिकालाई भ्यालेन्टाइनको रंगले रंगाइरहेको छ । यहि बेला नायिका निता ढुङ्गाना भने आफुले धोका पाएको कुरा गर्दै छिन । सोमबार दिउँसो नगरकोटमा निताले आफुलाई प्रेमीले छोडेको भन्दै रोइरहेकी थिइन । तर उनी बास्तविक जीवनका प्रेमीले छोडेर भने रोएकी होइनन् । उनी गायिका अन्जु पन्तले गाएको छोड्नु रैछ तिम्ले मलाई बोलको म्युजिक भिडियो छायाँकनका क्रममा वियोगको अभिनय गर्दै थिइन ।

भिडियोको कथामा मोडल रमेश खड्काले उनलाई छोडी अर्कै केटी अर्थात सुर्जनी के.सी.को पछि लागे पछि निताले बिलौना गरेकी थिइन । राजिव सिंह जिसीको शब्द संगीतमा तयार भएको गीतलाई पुष्पाञ्जली म्युजिकले बजार व्यवस्थापन गरेको छ । छोड्नु रैछ एल्बममा समाबेश यो गीतको भिडियो बिकासा इन्टरटेन्मेन्टले तयार पारेको छ । बिकास सुबेदीको निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् भने पल शाहले सम्पादन गर्ने छन् ।
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments