आत्मदाहको प्रयास गर्ने तिब्बतीको अवस्था चिन्ताजनक

Unknown | 05:45 | 0 comments

काठमाडौं, फाल्गुन २ । नेपालमा बस्दै आएका एक जना तिब्बती शरणार्थीले आज काठमाडौंमा आत्मदाहको कोशिस गरेका छन् । बौद्धनाथ गुम्बा परिसरभित्र रहेको रेष्टुरेण्टको शौचालयमा उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेको प्रहरीले जनाएको छ । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि शिक्षण अस्पताल पु¥याइएको थियो । उनको अवस्था अहिले चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता केशव अधिकारीले आत्मदाह गर्ने तिब्बती शरणार्थी ३१ वर्षीय ठेन्डुप गोप्चे रहेको जानकारी दिए । फ्रान्सेली समाचार समिति एएफपी र हिन्दुस्तान टाईम्स लगायतका संचारमाध्यमहरुले आत्मदाह प्रयासको फोटो समेत सार्वजनिक गरेका छन् । यस्तै भारतको नयाँ दिल्लीमा रहेको दलाई लामाको कार्यालयले पनि उक्त घटनाको पुष्टी गरेका छ । सो कार्यालयका अनुसार तिब्बतमा चिनियाँ शासन विरुद्ध उनले आत्मदाहको कोशिस गरेका हुन् र त्यस्तो गर्ने उनी सयाँै व्यक्ति हुन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments