खाना पकाउने ग्यास बजारमा रातो र निलोगरी दुई रंगको सिलिण्डर

Unknown | 17:39 | 0 comments

खाना पकाउने ग्यासको भाउ ६३० रुपैया ले बढ्यो अब रु २१०० तिर्नुपर्ने। रु ५५० छुट त दिने रे परिवारलाई तर कार्ड हुनेलाई मात्र। त्यो नि बैँकमा लिन जानुपर्छ.... काठमाडौं, फाल्गुन १ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याँसमा भारी मूल्य वृद्धि गरेको छ । बजारमा रातो र निलोगरी दुई रंगको सिलिण्डर आएसँगै आयल निगमले मूल्य वृद्धि गरेको हो । निगमले प्रतिसिलिण्डर ग्याँसको मूल्य २१ सय रुपैयाँ बनाएको छ । यसअघि प्रतिसिलिण्डर १४ सय ७० रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब ६ सय ३० रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । घरायसी उपभोक्ताका लागि भने ५ सय ५० रुपैयाँ अनुदान दिनेसमेत निगमले जनाएको छ । निगमको यो सर्तले भने अब घरायसी उपभोक्ताले १५ सय ५० रुपैयाँ तिरे पुग्ने देखिएको छ । बजारमा रातो र निलो गरी दुई रंगको सिलिण्डर आएसँगै आयल निगमले मूल्य वृद्धि गरेको हो । घरायसी प्रयोजनका लागि रातो सिलिण्डर प्रयोग हुने र निलो व्यवसायिक प्रयोजनका लागि भएको हुँदा त्यसमा अनुदान प्राप्त हुने छैन । निगमको वास्तविक लागतका आधारमा दुवै रङका सिलिण्डरको मूल्य २१ सय कायमगरी चार जनासम्मको परिवारले हरेक महिना प्रति सिलिण्डर अनुदान पाउने बताइएको छ । कुन–कुन बैंकबाट के कति अनुदान उपलब्ध गराउने भन्ने विषयमा छलफल चलिरहेको निगमले जनाएको छ । उपभोक्ताले एलपिजी कार्ड र बिक्रेताबाट खरिद गरेको बिल सम्बन्धित बैंकमा पेस गरेपछि अनुदान प्राप्त गर्ने छन् । सो अनुदान दुई महिनाभित्रमा लिइसक्नुपर्ने बताइएको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments