Home �
News
� सभासद्को तलब भत्ता लिन गैरसभासद्को आवेदन
Unknown |
02:20 |
0
comments
१ फागुन, काठमाण्डौं । विघटित संविधानसभाको चारबर्से कार्यकालमा संविधानसभामा कहिल्यै पाइला नटेकेकी एक महिलाले आफू ‘सभासद् हुँ’ भन्दै तलब भत्ता मागेकी छन् । विराटनगर ७ स्थायी बीरेन्द्रकुमारी श्रेष्ठले संविधानसभा नै विघटन भएको सात महिनापछि आफु सभासद् भएको दाबीका साथ चार बर्षको तलब भत्ता मागेकी हुन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएको खबर राजधानी दैनिकले छापेको छ । संविधानसभा कायम रहुञ्जेल चुपचाप बसेकी श्रेष्ठले राप्रपाको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीअनुसार सभासद् भएको दाबीसहित निवेदन दिएकी हुन् । सो निवेदन सोमबार व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको छ । ६ सय १ सभासद्ले कामै नगरी तलब भत्ता आएको भनी सर्वत्र आलोचना भइरहेका बेला यसअघि चुपचाप रहेकी श्रेष्ठले संविधासभाको चारबर्से कार्यकालमा एक सभासद्ले पाउने २८ लाख ८० हजार रुपैयाँबराबरको तलब भत्ता रकम दिलाई पाउँ भनी निवेदन माग गरेको संसद् सचिवालयले जनाएको छ ।
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments