सुनचाँदी पसलका संचालकलाई अज्ञात समुहले गोली प्रहार

Unknown | 10:30 | 0 comments

अर्घाखाँची,फागुन ८ । अर्घाखाँचीको सन्धिखर्क स्थित महालक्ष्मी सुनचाँदी पसलका संचालकलाई अज्ञात समुहले गोली प्रहार गरेका छन् । ३१ वर्षीय ताराबहादुर सुनारलाई नरपानी–२, घुम्तीमा सोमबार बेलुका अपरिचित ब्यक्तिहरुले गोली प्रहार गरी गम्भीर घाईते बनाएका हुन् । गोली प्रहार गर्ने व्यक्तिहरुले सुनार सवार मोटरसाइकल भिरबाट तल खसाली फरार भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाईते सुनारलाई कुटपिट समेत गरिएको थियो । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले खिदिम–५ का २५ वर्षीय राजु आचार्य, सन्धिखर्क–६ का रुद्र पराजुली र पोखराथोक–५ का २४ वर्षीय लक्ष्मण सुनुवारलाई पक्राउ गरेको छ ।nayakhabar

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments