Home �
News
� शीर्ष नेतालाई मृत्युदण्डको सजाय
Unknown |
02:21 |
0
comments
एजेन्सी, फाल्गुन १७ । बंगलादेशको युद्ध अपराध न्यायालयले मुश्लिम नेता देल्वर होस्सिनी सायिदीलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् १९७१ को स्वतन्त्रता संग्राममा युद्ध अपराध गरेको ठहर गर्दै सायिदीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । सन् २०१० को जुनमा पक्राउ परेका सायिदीलाई स्वतन्त्रता संग्रागका क्रममा सामुहिक हत्या, बलात्कार लगायतका अपराध गरेको ठहर गरिएको छ । उनी जमात–ई–इस्लामी पार्टीका शीर्ष नेता हुन् । जमाते पार्टीले भने अदालतको फैसला अस्वीकार गर्दै आन्दोलनमा उत्रने घोषणा गरेको छ । केही आलोचकहरुले पनि सायदी लगायतका नेताहरु विरुद्ध राजनीति प्रेरित फैसला गरिएको जिकीर गरेका छन् । यद्यपी हिजो मात्रै उनीमाथि मृत्युदण्डको माग गर्दै राजधानी ढाकामा विशाल प्रदर्शन भएको थियो । बंगलादेशको युद्ध अपराध न्यायालयले युद्ध अपराधमा दोषी ठहर गरी मृत्युदण्डको सजाय दिइएका सायिदी अहिले सम्मका ठूला नेता हुन् । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा ३० लाख मानिस मारिएको अनुमान छ ।
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments