एक किशोरीको पेटबाट निकालियो १.६ किलो कपाल
|
|
विगत एक महिनादेखी पेटमा अधिक समस्या आएपछी अस्पताल पुर्याइएकी किशोरीको पेटको जाँच गर्दा पेटमा केही भएको शंका गर्दै चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएका थिए । उनीहरुले सोनोग्राफी प्रविधीमार्फत उनको पेटमा केही वस्तुको डल्लो भएको पत्ता लगाएका थिए तर त्यो डल्लो के को हो भन्नेबारे चिकित्सक समेत अनभिज्ञ थिए तर जब उनीहरूले किशोरीको शल्यक्रिया गरे तब उनीहरुले त्यो कपालको डल्लो भएको थाहा पाएका थिए । यसरी पेटभित्र कपालको यति ठूलो डल्लो देखेपछी चिकित्सक समेत आश्चर्यमा परेका थिए । उनीहरुले शल्यक्रिया गरेर निकालेको उक्त कपालको डल्लोले पुरै पेट ओगटेर बसेको थियो । त्यहाँ पाचनका लागी कुणै ठाऊँ पनि नभएको चिकित्सकहरूले बताएका छन् । यस्ता घटनाहरू निकै नै कम हुने किशोरीको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
किशोरीका बाबुआमाका अनुसार किशोरीको कपाल खाने बानी थियो । विद्यालयमा सधै प्रथम हुने उनले सधै आफ्नो कपाल दाँतबीच राखिरहने र चपाइरहने गर्ने गरेको उनका परिवारले जनाएका छन् । तर उनले कपाल निल्ने गरेको भने आफूहरूले थाहा नपाएको बताएका छन् ।
|
|
Category: Wonder

0 comments