यसरी फोडियो आन्दोलनकारीको टाउको हेरौ तस्विरमा...

NayaFilm | 09:38 | 0 comments

२६ माघ, खोटाङ । वर्तमान सरकारको विरोधमा प्रमुख जिल्ला अधिकारीलाई कार्यकक्ष प्रबेशमा रोक लगाउनेक्रममा प्रहरीसँग भएको झडपमा खोटाङमा दर्जनबढी नेता तथा कार्यकर्ता घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई कार्यकक्ष प्रवेशमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष ललितकुमार राई, नेकपा एमालेका जिल्ला सचिव राजन राई, उपसचिव रामप्रसाद दंगाल, नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजकुमार राई, युवा संघ नेपालका जिल्ला सचिव प्रमोद श्रेष्ठ, अनेरास्ववियुका जिल्ला संयोजक मिलन राई, सचिव खेमराज देउसाली, नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाइ समितिका सदस्य नबीनकाजी राईलगायतका नेता तथा कार्यकर्ताहरु घाइते भएका हुन् ।

यस्तै, आन्दोलनकारीले हानेको ढुंगाले लागेर जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक कमल रजौरे पनि घाईते भएका छन् । घाइतेमध्ये राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष ललितकुमार राई गम्भीर घाईते भएका छन् । टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेका राईको सदरमुकाम दिक्तेलस्थित हलेसी पोलीक्लिनिकमा उपचार भइरहेको छ । सरकारविरुद्धको आन्दोलनलाई थप सशक्त बनाएर अघि बढेका जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी नेता तथा कार्यकर्ताहरू प्रमुख जिल्ला अधिकारीलाई कार्यकक्ष प्रवेशमा रोक लगाउन शुक्रबार बिहान दश बज्नुअघि नै नारा जुलुससहित प्रशासन पुगेका थिए ।
केन्द्रको निर्देशन अनुशार गरिने आन्दोलन प्रभावकारी नभएको निष्कर्षसहित छुट्टै आन्दोलन थालेका जिल्लाका दलहरुले सुरक्षामा खटिएका प्रहरीको घेरा तोड्नेक्रममा दोहोरो झडप भएको थियो । प्रहरीले लाठी चार्ज र अश्रु ग्याँस प्रहार गरेपछि आन्दोलनकारीले प्रशासनमा ढुंगामुढा गरेका थिए । आन्दोलनकारीको ढुंगामुढाबाट प्रशासनको माथिल्लो तलाको झ्याल फुटेको छ । आन्दोलनका कारण प्रशासनको कामकाज डेढ घण्टा कामकाज ठप्प बनेको थियो । संयुक्त आन्दोलन परिचालन समितिमा आवद्ध तीन दलहरुले पुःन अर्को चरणको आन्दोलन तय गर्ने बताएका छन् ।
१. प्रहरी र आन्दोलनकारीबीच भएको झडप ।
२. प्रहरीको लाठी चार्जबाट गम्भीर घाइते भएका राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष ललितकुमार राई सदरमुकाम दिक्तेलस्थित हलेसी पोलीक्लिनिकमा उपचार गराउँदै ।

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments