Home �
News
� कस्तो अचम्म- फोनबाटै 'सेक्स'
Unknown |
14:45 |
0
comments
यौन आनन्दका लागि अनेक उपाय निकाल्छन् अचेलका युवाहरू। सेक्सटोय, नीला फिल्म, अनलाइन भिडियो च्याटिङ अचेल उनीहरूका लागि सामान्य हुन्। रातपरेपछि फोनमा यौन उत्तेजित कुराकानी गरेर आनन्द लिने युवा जमात पनि ठूलै छ। विशेष गरी चढ्दौ वैंशका युवायुवती यस्तो फोन वार्तालापमा लठ्ठिने गर्छन्। विज्ञका अनुसार यसरी फोन सम्पर्क मार्फत उत्तेजित कुराकानी गर्नु, आवाज निकाल्नु वा यौनका विषयमा कुरा गर्नुलाई 'फोनसेक्स' भनिन्छ। यस्तो फोनसेक्समा रमाउनेहरू संसारभरि नै हुन्छन्।

नयाँ बानेश्वरका विकासको मोबाइलमा एकदिन नयाँ नम्बरबाट मिसकल आयो। चिनेजानेकोले गरेको पनि हुनसक्छ भन्ने मनसायले उनले 'कलब्याक' गरे। फोनमा अपरिचित युवतीको स्वर सुने। ती युवतीले झुक्किएर त्यो नम्बरमा मिसकल गएको बताइन् तर विकासलाई भने उनको मिठो स्वर सुनेपछि 'फ्रेन्डसिप' गर्न मन लाग्यो। सुरुमा कुनै प्रतिक्रिया नदिएजस्तो गरे पनि अन्ततः उनी फ्रेन्डसिप गर्न राजी भइन्। गर्दागर्दै उनीहरू फोनबाट धेरै नजिकिए। मनका सबै भावनाहरू साटासाट हुनथाले। अचेल उनीहरूलाई राती दशबजेपछि एक-दुई घण्टा गफ नगरी निद्रै पर्दैन। फोनमा प्रायः यौन र सेक्सका कुरा बढी हुन्छन्। 'माई डियर', 'कम टू माई ड्रिम', 'किस मी', 'रमाइलो गरौँ न' यी शब्दहरू सामान्य भइसकेका छन् उनीहरूका लागि। तर, अहिलेसम्म भेटघाट गरेका छैनन्। विकासजस्तै फोन सेक्समा आनन्द लिने युवायुवती धेरै छन्। फोनमा कुराकानी गर्ने वातावरण नमिले उनीहरू एसएमएसको सहारा लिन्छन्। पाटनका रविनलाई पनि फोनसेक्सको नशा बसेको छ। केटी साथीसँग राति पन्ध्र-बीसवटासम्म एसएमएस आदानप्रदान हुन्छन्। उनलाई प्रत्यक्ष भेटेर कुरा गर्दा भन्दा फोनबाटै सेक्सका कुरा गर्दा झन् बढी आनन्द आउने उनको प्रतिक्रिया थियो। यस्ता क्रियाकलापमा युवतीहरू पनि कहाँ कम छन् र? केटाहरूले 'डार्लिङ् ढोका खोलिदेऊ म आउंदैछु' भन्दा केटीले सहजै 'खुल्लै छ छिटो आऊ ...' भनिदिन्छन्। पुरुषहरूलाई उत्तेजित पार्न महिलाहरूले विभिन्न तवरले हौस्याएका हुन्छन्। राती फोन गफमा प्रायः कस्तो लुगा लगाएर सुतेको छौ? कति पिस लगाएको छौ? कुन कलरको? आदि इत्यादि सोधपुछ चल्छ। यति मात्रै होइन, 'कुन पोजिसनमा सुतेका छौ या कतापट्टि फर्केका छौ? मेरो लागि ठाउँ छ कि छैन?' यस्तै यस्तै सोधेर 'टाइम पास' गर्न सिपालु हुन्छन् तन्नेरीहरू। प्लस टू पढ्दै गरेका चाबहिलका सञ्जयकी प्रेमिका अहिले पोखरामा नर्सिङ गर्दै छिन्। प्रायः उनीहरू महिनामा एकपल्ट भेट्छन्। अरुबेला फोन जिन्दावाद! 'अत्यास मेटाउन फोनबाट सबै कुरा गर्छौं' उनले भने, 'फोनमा यौन र सेक्सका कुरा गर्दा केही हदसम्म आनन्द आउँछ। उनी (प्रेमिका) मदेखि नजिक छिन् भन्ने भावना जागृत हुन्छ।' राती दशबजेपछि नेपाल टेलिकमले प्रदान गरेको सस्तो फोन सेवाले तन्नेरीलाई झनै बरालिदिने काम गरेको छ। विद्यार्थी वर्गहरू यसबाट बढी प्रभावित छन्। कतिपय त रातीदेखि भोलीपल्ट बिहानसम्मै मोबाइलमा कुरा गरिरहन्छन् भन्दा पत्यार नलाग्ला। बुद्धनगर बस्ने विराटनगरका प्रविणको लभ परेको भर्खर ३ महिना भयो। स-परिवार महाराजगञ्ज बस्ने प्रेमीकासँग हप्तामा एक पटक भन्दा भेट्ने अवसर मिल्दैन। तर, उनीहरू मोबाइलमा अत्याधिक कुरा गर्छन्। कैयौं रातहरू प्रेमिकासँग गफ गरेर मात्रै बितेका छन् उनका। 'अरु काम भेटेको बेला भइहाल्छ,' उनले भने, 'मन र मन मिलाउन त फोन नै काफी छ नि!
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments