पूर्वराजा ज्ञानेन्द्रको बिजुली काटिने

Unknown | 02:00 | 0 comments

११ फागुन, काठमाण्डौं । विद्युत प्राधिकरणले पूर्वराजा ज्ञानेन्द्र शाह बस्दै आएको नागार्जुन दरबारको बिजुलीको लाईन काट्ने भएको छ । प्राधिकरणले सात दिनभित्र विद्युत महसुल तिर्न र नतिरेमा लाईन काट्ने चेतावनीसहितको पत्र बुधबार पठाएको छ । ‘सात दिन भित्र महसुल तिर्न आग्रह गर्दै नागार्जुन दरबारलाई बुधबार पत्राचार गरिएको छ, महसुल नतिरेमा लाइन काटिने जानकारी गराएका छौं,’ प्राधिकरण काठमाण्डौं क्षेत्रीय कार्यालयका प्रमुख ऋषिकेश शर्माले जानकारी गराएको खबर नयाँ पत्रिकाले छापेको छ । गणतन्त्र घोषणापछि दरबार सरकारको स्वामित्वमा आएपनि विजुलीको ग्राहकको नाम भने, ‘पूर्व श्री ५ महाराजाधिराज नागर्जुन दरबार’ नै रहेको छ । दरबारको पुससम्मको ५३ लाख १७ हजार ३ सय ७२ रुपैयाँ बक्यौता छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments