अध्याधिक कोकाकोला सेवनका कारण एक महिलाको मृत्यु

Unknown | 02:28 | 0 comments

न्यूजिल्याडमा अध्याधिक कोकाकोला सेवनका कारण एक महिलाको मृत्यु भएको छ । ३० वर्षीया नाताशा हैरिस तीन वर्षदेखि मुटुको विरामी थिइन । उनको स्वास्थ्य रिपोर्टले हरेक दिन १० लिटर कोकाकोला पिउने गरेको र उनको मृत्युमा त्यो नै प्रमुख कारण भएको देखाएको छ । पोष्ट मार्टममा संलग्न अफिसर डेविड क्रेयरका अनुसार कोकाकोला पिएका कारण उनको हृदयमा असर परेको थियो, जसका कारण उनको मुटुको धड्कन कहिले अध्याधिक कम त कहिले बढी हुने गथ्र्यो । अत्याधिक कोक नपिएको भए उनको मृत्यु यसरी नहुने समेत अधिकारीहरुले दावी गरेका छन् । टेलिभिजन न्यूजिल्याण्डको रिपोर्टअनुसार दैनिक १० लिटर कोक पिएकै कारण नताशाको शरीरमा १ किलो चीनी र ९ सय ७९ मिलिग्राम केफिन बनेको थियो । तर, कोका कोला कम्पनीले भने नताशाको मृत्यु कोकाकोला पिएकै कारण भएको भनि प्रमाणित नभएको बताएको छ । परिवारका सदस्यहरुका अनुसार नताशालाई लामो समयदेखि कोकाकोला पिउने तल थियो र खान छोड्दा काप्ने गर्थिन । दिनभर नै कोकाकोला पिउन थालेपछि उनको दाँत सडेको थियो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments