प्रहरीकै कोठामा चोरीका सामान !

Unknown | 02:14 | 0 comments

८ फागुन, दोलखा । शान्त नगरका रुपमा परिचित मध्यपूर्वी पहाडको चरिकोट बजार ६ महिनादेखि अशान्तझै थियो । मध्यरात दिनहुँजस्तो हुने चोरीघटनाले चरिकोटबासी असुरक्षित महसुस गर्दै स्थानीय प्रशासनसामु आक्रोश पोख्न थालेपछि प्रहरीले अनुसन्धानका नाममा धमाधम शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन थाल्यो । ६ महिनासम्म बजारका ३ दर्जन पसल चोरिँदा पनि घटनामा संलग्न पक्राउ पर्न नसकेका कारण बजारका व्यवसायी आतंकित थिए । बल्ल जिल्ला प्रहरी कार्यालयले विशेष कार्यदल बनाएर विशेष अनुसन्धान सुरु गर्‍यो । अनुसन्धानको अन्तिम चरणमा सोमबार बिहान चोरीमा संलग्न पहिचान गर्ने बेला विशेष कार्यदलको टोली त्यतिखेर चकित खायो जतिखेर चोर पहिचान गर्दा तीन चोर आफैँसँग ड्युटी गर्ने साथी प्रहरी जवान खेमराज प्रजा पो रहेछन् । सदरमुकामका पसलमा दिनहुँजसो रातको समयमा विगत ६ महिनादेखि चोरी घटना बढेपछि अनुसन्धानको घेरामा आएका उनको कोठामा तत्काल छापा मार्दा एक ट्रक चोरीका सामान फेला परेको नागरिक दैनिकमा खबर छ । जिल्लाका प्रहरी प्रमुख डिएसपी ओम आफैं उनको कोठामा पुगेर चोरीका एक ट्रक सामान बरामद गरी ल्याएका थिए । चोरीमा संलग्न प्रहरी जवान प्रजा साढे दुई बर्षदेखि दोलखामा कार्यरत रहेका थिए । (Src. online)

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments