Home �
News
� नेपाली सेनाका कर्णेल कुमार लामा धरौटीमा रिहा हुने
Unknown |
01:40 |
0
comments
तत्काल नेपाल र्फकन नपाउने १९ फागुन, काठमाण्डौं । युद्व अपराध अभियोगमा बेलायतमा पक्राउ परेको नेपाली सेनाका कर्णेल कुमार लामा धरौटीमा रिहा हुने भएका छन् । उनलाई १० हजार पाउण्ड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । दुई महिनादेखि लन्डनको बेलमार्स कारागारमा रहेका उनलाई यसअघि भने धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो । बेलायतको चल्म्स्फोर्ड क्राउन कोर्ट ससेक्समा शुक्रबार भएको सुनुवाईमा लामालाई १० हजार पाउन्ड धरौटीमा रिहा गर्ने आदेश दिइएको हो । धरौटीवापतको रकम नेपाल सरकारले तिर्ने बताइएको छ । उनलाई अदालतले खोजी गरेको बेलामा उपस्थित हुने गरी रिहा गर्न लागेको हो । कर्णेल लामा तत्काल नेपाल आउन भने पाउने छैनन् । सुडान मिसनमा कार्यरत लामा दुई महिनाअघि श्रीमति भेटन बेलायत गएका बेला पक्राउ परेका थिए । कपिलवस्तुको गोरुसिंगे ब्यारेकमा रहेका बेला दुई जनालाई पक्राउ गरि यातना दिएको अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments