डा.भगवान कोइराला आज देखि काममा फर्कने

Unknown | 05:48 | 0 comments

फागुन २४ गते त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट विभिन्न कारण देखाउँदै राजीनामा दिएका भगवान कोइराला पुनः सोहि काममा फर्कने भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आफ्नै सहकर्मीले काममा सहयोग नगरेको, काममा बाधा खडा गरेको, सरकारले भनेअनुरुपको रकम नदिएको भन्दै निर्देशकको पदबाट राजीनामा दिएका थिए । भगवानको राजीनामालाई स्वीकृत नगर्न सर्वसाधारण नागरिक र यस अस्पतालका केही कर्मचारीले दवाव स्वरुप अस्पताल परिसरमा धर्ना समेत दिएका थिए । यसै दवाव स्वरुप उनका माग पुरा भएकाले भगवान पुनः निर्देशकको पद समाल्न राजी भएका हुन् । भगवानको राजीनामालाई आम नेपाली नागरिकले स्वीकार गरेका थिएनन् । भगवान जसरी पनि यस अस्पतालको निर्देशक हुनुपर्ने आम नागरिकको माग रहेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले समेत भगवानलाई सोहि पदमा काम गर्न आग्रह गरेका थिए । उनको राजीनामा स्वीकृत भएको थिएन । भगवान पुनः अस्पताल फर्केपछि त्रिवि शिक्षण अस्पतालका विरामी देखि सर्वसाधारण नागरीक खुशि भएको पाइएको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments