Home �
interesting
,
News
� ब्यापारीले सैनिकको श्रीमतीलाई म्यासेज पठाएपछि हनुमान ढोका पुगे
Unknown |
17:28 |
0
comments
ठमेल टोपी ब्यापारीले सैनिकको श्रीमतीलाई SMS पठाए नेपाली सेनाकी पत्नीलाई अश्लील गाली गलौज गर्दै मोबाइलबाट म्यासेज पठाउने एक पुरुषलाई हनुमानढोका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट निवासी ४१ वर्षीय श्रीकृष्ण थपलिया छन् । ठमेलमा टोपी व्यापार गर्ने थपलिया रानीबारीमा डेरा बस्थे । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । थपलियाको मोबाइल नम्बरका आधारमा प्रहरी उनीसमक्ष पुगेको हो । अर्कैको नाममा निकाएको सिमकार्ड प्रयोग गरी उनले एक सैनिककी पत्नीलाई अश्लील शब्दहरु प्रयोग गर्दै हात खुट्टा काटेर घरको गेटमा मारेर फाल्ने र छोराछोरी टुहुरा बनाइदिने एसएमएस पठाएका थिए । एसएमएसमा उनले ती महिलालाई ‘ढुकुटी खेलेर सबैलाई डुबाएको’ आरोपसमेत लगाएका थिए । मोवाइलका आधारमा पक्राउ परेपछि थपलियाले प्रहरीसमक्ष अरुको कुरा सुनेर यस्तो कार्य गरेको कताएका छन् । बुधबार हनुमान ढोकामा उनले महिलासँग माफीसमेत मागेका छन् भने प्रहरीले पनि मुद्दा मामिला गर्दा अप्ठ्यारो हुने भन्दै एकपटकलाई छाडिदिन सैनिक पत्नीसँग आग्रह गरेको स्रोत बताउँछ । तर, पीडितले भने आफ्नो चरित्र हत्या गरेको मार्ने धम्की दिएकाले उनीमाथि कानूनी कारवाही हुनुपर्ने माग गरेकी छन् ।
Category:
interesting,
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments