Home �
News
� विवाहको बस खस्दा १८ को निधन
Unknown |
12:39 |
0
comments
राम्दी आमडाँडाबाट जन्ती बोकेर पाल्पा चिदिपानी बुढीकोट जाँदै गरेको लु १ ख २७९५ नम्बरको बर बधु सहित जन्ती बोकेको बस पाल्पा नायरनमतलेस गाविसको आर्यभञ्ज्याङ राम्दी सडक खण्डबाट करिव तीन सय मिटर तल खस्दा कम्तिमा १८ जनाको निधन भएको प्रहरीले जनाएको छ । घटनास्थल निकै अप्ठेरो भीरमा भएकाले उद्वार कार्य कठिन भएको प्रहरी निरीक्षक सूर्य चन्दले जानकारी दिएका छन् । घटनास्थलबाट १८ वटा शव निकालिएको र यो संख्या बढ्न सक्ने उनले बताए । घाइते भएका २० जनालाई उपचारका लागि तानसेन पठाइएको छ । बेहुला बेहुलीलाई घाइते भएको अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ । घाइतेहरुको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।बसचालकको घटनास्थलमै निधन भएको छ । घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीले उद्धारकार्य जारी राखेको जिल्ला प्रहरी प्रमुख थानेश्वर रेग्मीले जानकारी दिए । गाडिमा करिब ४५ जना जन्ति भएको प्रहरीले अनुमान गरेको छ ।
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments