छोराका लागि मृगौला दान
|
|
बेलायतको बर्मिंघमका बासिन्दा मुन्तजार युनिस र उनकी श्रीमती किरण युनिस दुबैजनाले छोरा एडम युनिसका लागि मृगौला दान आफैले गर्ने अड्डी लिएपछि आखिर गोला प्रथा गरेर बाउ आमा मध्ये कसले मृगौला दान गर्ने भन्ने कुराको टुंगो लगाइयो । गोला प्रथा गर्दा मुन्तजारले नै बाजी जिते र छोराका लागि मृगौला दान गर्न पाए । छोरालाई मृगौला दिन नपाएर आमा किरण थकथकाइन् । निकै जटिल रोग लागेर मृगौलाले काम गर्न छाडेका एडम आखिर बुवाको मृगौला पाएर बाँचे । क्विन एलिजावेथ अस्पतालमा मुन्तजारको मृगौला सफलतापूर्वक एडममा प्रत्यारोपण गरियो । छोरालाई मृगौला दिएका मुन्तजार अहिले केवल २८ वर्षका छन् । उनले अझै धेरै जिवन जिउनु छ । तर उनले आफ्नो दीर्घायू भन्दा छोराको जिवन ठूलो माने । त्यसैले छोरालाई मृगौला दिए । धन्य यी इश्वर जस्ता बाउ आमालाई
|
|
Category: Health, interesting, News

0 comments