Home �
Tv Show
� Gyanendra Consult with Doctors in Thailand
Unknown |
16:09 |
0
comments
पारसको स्वास्थ्य अवस्था बुज्दै बाबु ज्ञानेन्द्र कोमल आमा कोमल थाइल्याण्डमा! काठमाडौ । गत मङ्गलबार थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा यही फागुन ८ गतेदखि उपचाररत पूर्वयुवराज पारस शाहको रक्तचाप र मुटुको धड्कन नियन्त्रणमा आएको अस्पतालले जनाएको छ । पूर्वयुवराजको पछिल्लो स्वास्थ्य अवस्थाबारे बिहीबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालका नसारोग विशेषज्ञ डा सोङचाइ चिनवात्तानाकुलले उहाँलाई भेन्टिलेसनको सहारा दिइएको र हातखुट्टामा देखिएको स्वाभाविक चाल कायमै भएको बताउनुभएको छ । शाहको अवस्था गम्भीर तर स्थिर नै रहेको पनि जनाइएको छ । पूर्वराजदम्पती, पूर्वयुवराज्ञीलगायत राजपरिवारका अन्य पूर्वसदस्य उहाँको स्वास्थ्यस्थिति बुझ्न बैंकक गइसक्नुभएको छ । पूर्वयुवराज एक हप्ताअघि हृदयाघात भएपछि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत हुनुहुन्छ । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले बैंककको समितिभेज अस्पतालमा छोरा पारसलाई भेटेका छन् । फागुन ८ गतेदेखि अस्पतालमा रहेका पूर्वयुवराज पारसलाई भेट्न पूर्वराजा बुधबार श्रीमती र नातिनातिनासाथ गएका थिए । हृदयघात भएपछि अस्पताल भर्ना भएका पारसको चेत अझै खुलेको छैन । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्काका अनुसार पूर्वराजदम्पत्तिले बुधबार साँझ नै छोरा पारसलाई भेटेका हुन् । अस्पतालले बुधबार साँझ जारी गरेको विज्ञप्तीमा भने हाततगोडामा सहज चाल देखिएको तथा औषधिबिनै रक्तचाप तथा मुटुको धड्कन नियन्त्रणमा आएको उल्लेख छ । यसैबीच गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले उपचाररत पारसको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्कामार्फत उनले स्वास्थ्यलाभको कामना गरेका हुन् ।
Category:
Tv Show
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments