Home �
News
� मलेसियामा एक नेपालीमाथि स्थानीयद्वारा छुरा प्रहार
Unknown |
03:16 |
0
comments
६ बैशाख, क्वालालम्पुर । क्वालालम्पुरको जलानइपोस्थित मुतियारा कम्प्लेक्समा यही १८ तारीख दिउँसो करिब १२ बजे एक नेपालीमाथि स्थानीयद्वारा छुरा भएको छ । कम्प्लेक्सको पहिलो तलामा रहेको ट्वाइलेटमा पिसाब फेर्न जाँदा जलानइपोस्थित एक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाली श्रमिक लिलाबहादुर मगरमाथि छुरा प्रहार भएको हो । स्थानीय भारतीय मुलका विद्यार्थीहरूले उनीमाथि सो ट्वाइलेटमा छुरा प्रहार गरेको प्रत्यक्षदर्शी केशव घिमिरेले बताएका छन् । घट्नापश्चात त्यहाँ रहेका नेपालीहरुले उनलाई तुरून्तै जनरल हस्पिटल केएलमा लगेका थिए । उनको टाउकोमा दुई ठाऊँ, पेट र छात्तीमा गरेर ७० टाँकाका लगाइएको बताइएको छ । उपचारपश्चात् हाल होस् खुले पनि उनको स्थिति भने चिन्ताजनक नै रहेको उनी निकट साथीले बताएका छन् । साथै उनीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको बताइएको छ । देउराली गाविस, वडा नं. १ गुहेरी नवलपरासी निवासी ४२ वर्षीय मगरमाथि के कारणले आक्रमण भएको हो भन्ने हालसम्म खुलेको छैन ।
Category:
News
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments