अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा तीव्र गिरावट आएपछि

Unknown | 01:32 | 0 comments

सोमबार भारी गिरावट आएको सुनको मूल्यमा आज पनि प्रतितोला ३ हजारले घटेको छ । सोमबार प्रतितोला तीन हजार तीन सयले घटेको सुनको मूल्यमा आज पनि ३ हजार घटेको हो । अहिले सुनको मुल्य प्रति तोल साढे ४९ हजारमा आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा तीव्र गिरावट आएपछि नेपाली बजारमा पनि सुनमो भाउ घटेन थालेको हो । अन्तराष्ट्रिय बजारको प्रभावका कारण नेपालमा पनि सुनको भाउ सुस्त भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताएका छन् । सोमबार ५२ हजार ५ सय रुपैयाँमा प्रतितोला सुन बिक्री भएको थियो । गत माघमा सुनमो भाउ तोलाको ६१ हजार ८ सय ५० रहेको थियो । यो सबैभन्दा धेरै मुल्य थियो । यसरी दिनहुँ सुनको भाउमा गिरावट आउनुमा विश्लेषकहरुले ती कारण बताएका छन् । १.आर्थिक संकट बेहोरिरहेको साइप्रसलाई युरोपेली संघ र अन्तराष्ट्रिय मुद्रा कोषले भण्डारमा रहेको सुन बेच्ने सल्लाह दिएका छन्, जहाँ करिब ४० करोढ युरो बराबरको सुन बेच्ने समाचार सर्वाजनिक भएको छ । २.त्यस्तै अर्को कारणको रुपमा चीनको आर्थिक वृद्धिदरलाई लिइएको छ । जहाँ गत वर्षको चौथो चौमासको तुलनामा यो वर्षको पहिलो चौमासमा चीनमो कुल ग्राहस्थ उत्पादन ७.७ रहेको छ । जुन अनुमान गरिएभन्दा कम हो । यसले गर्दा चीनमा सुनमो माग घट्ने अनुमान रहेको छ । ३.त्यस्तै अमेरिकी बैंक गोल्डम्यान सासले सुनको भाउ घट्ने प्रक्षेपण गर्दै सुनको विक्री गरेपछि मुल्यमा पनि गिरावट आएको अनुमान विश्लेषकहरुको छ । सुनको भाउ घटेपनि यसको विक्री वितरणमा भने ह्रास नै छ । व्यापारीले सुनको भाउ अझै घट्ने आँकलन गरेर बेचेका छैनन् भने उपभोक्ताले पनि किनेका छैनन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments