चुनाव भाँड्न खोजे प्रतिकारः अध्यक्ष दाहाल

Unknown | 03:30 | 0 comments

पर्वत, चैत्र २७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विदेशीको ईशारामा केही दलहरु चुनाव भाँड्ने षड्यन्त्रमा लागेको दाबी गरेका छन् । एमाओवादीले बाग्लुङमा आयोजना गर्ने आमसभामा सहभागी हुन जाने क्रममा पर्वत सदरमुकाम कुश्मामा कार्र्यकर्तासँग कुरागर्दै प्रचण्डले चुनाव भाँड्न खोजे प्रतिकार गर्ने चेतावनी दिए । तर, उनले विदेशीको ईशाराबारे भने खुलाएनन् । अब हुने निर्वाचनपछि गठन हुने संविधानसभा अघिल्लो संविधानसभाले पूरा गर्न नसकेका विषयमा केन्द्रित हुने भन्दै दाहालले चुनावबाट देशलाई निकास नदिएसम्म अस्थिरता बढेर जाने बताए । बाग्लुङमा हुने आमसभामा सहभागी हुन एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइ लगायतका नेताहरु पनि गएका छन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments