Khai Jalma Parera Gai-Pramod Kharel
|
|
काठमाडौं, चैत्र २३ । म्यूजिक भिडियो निर्देशनमा बेग्लै परिचय बनाएका सञ्चारकर्मी सुरज श्रेष्ठले निर्देशन गरेको नयाँ भिडियो हालैमा सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको नयाँ एल्बम ‘निर्झरी’मा रहेको ‘खै जालमा’ बोलको गीतलाई निर्देशक श्रेष्ठले कुशलतापूर्वक पर्दामा उतारेका छन् । शीतल कादम्बिनी गुरुङको शब्द रहेको उक्त गीत अहिले दर्शक–स्रोतामाझ चर्चाको शिखरमा रहेको छ । शीतल कादम्बिनीले उत्कृष्ट रुपमा बुनेको शब्दलाई गायक खरेलले आफ्नो स्वरमा सजाएका छन् । निर्देशक श्रेष्ठले आफ्नो कलात्मक निर्देशनका माध्यमबाट गीतको मार्मिक कथालाई पर्दामा उतारेका हुन् । स्वर, शब्द, संगीत र दृष्यको उत्कृष्ट संयोजन रहेका कारण ‘खै जालमा’ले छोटो समयमै दर्शक–स्रोतलाई आकर्षित गर्न सफल बनेको हो । निर्देशक श्रेष्ठले हामीसँग भने–‘समाजका गम्भीर विषयमा काम गर्दा आफू थप गम्भीर र जिम्मेवार बन्न पर्दो रहेछ ।’ उनले भिडियो निर्देशनको अनुभव सुनाउँदै भने–‘यसमा निकै लगनशील भएर काम गरेको छु ताकी शब्द, स्वर र संगीतले ओजपूर्ण बनाएको गीतले समाजमा सकारात्मक सन्देश जान सकोस् ।’ म्यूजिक नेपालले निर्माण गरेको भिडियो करिब ६ मिनेट लामो रहेको छ । भिडियोलाई केही दिनअघि ईमेज च्यानलबाट वल्र्ड प्रिमियर गरिएको थियो । भिडियोमा नन्दिता केसी, एसराज, कृष्ण आचार्य, सुष्मा कार्की लगायतको अभिनय रहको छ भने छायाँकार हरि हुमागाईंले क्यामरा चलाएका छन् ।
|
|
Category: Music Videos

0 comments