PHD Gareko Manchele 70Lakhs Thage
|
|
ठगी धन्दाबाट प्रताडित रहेछन् । थामी भाषा र संकृतमा पीएच डी गर्छु सहयोग चाहियो भन्दै पैसा असुलेर हैरान पारेको रहेछ यो मानिसले । कतिपयलाई जागिर लगाइदिने ठूलो कुरा गरेर पनि ठग्दो रहेछ यो मानिसले । विभिन्न जिल्लामा ठगी ब्यापार गरेको रहेछ, यसले । हो, धादिङ, दोलखा र रामेछाप उसको धगी ब्यापार गर्ने थलो बनेको रहेछ । ती जिल्लाका करिव ५० जनालाई ठगेको आरोप खेपिरहेको छ यो मान्छे । ठग्ने पनि गजबको काइदा रहेछ । विद्यालय भवन बनाउन, खानेपानी योजनाका लागि भारतीय दूतावासको सहयोग मिलाउनेदेखि फ्रान्स पठाउने र रोगजारी मिलाइदिने भनेर धेरैसँग पैसा धुतेको बताइन्छ यो मान्छेले । पैसा त लियोलियो पछि फिर्ता गरेको नक्कली कागजात पनि बनाउन सिपालु रहेछ, यो मानिस । उसले सबैलाई व्ल्याङ चेक बाँडेको पाइएको छ । चेक बाउन्स हुन थालेपछि १० जना पीडितले महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी गरे अनि यो मानिसको कर्तुत छताछुल्ल भयो । प्रहरीको भनाईमा यो मान्छेले ७० लाख रुपैयाँ ठगेको रहेछ । यसको सम्बन्ध पनि गजबका मानिससँग रहेछ । हो, जो–जोलाई ठग्नु थियो तिनलाई यसले एमाले नेता केपी ओली र एकीकृत माओवादीका नेता तथा पूर्वमन्त्री दिनानाथ शर्मालाई भेटाएर ठग्ने वातावरण बनाएको रहेछ । त्यसैले त नेताको संरक्षणमा ठगी गरेको आरोप लागेको छ यो मानिसलाई । यो मानिसले दोलखा जिल्लामा स्थानीय थामीहरुले खोलेको आथाङ समाज सेवा समितिमा ११ जनालाई जागिर दिलाएको रहेछ, यसले । यसले ३ हजार ५ सय थामीको तथ्याङ्क संकलन गरी थामी जातीको वृतचित्र समेत बनाएर बेचेको रहेछ । यो मान्छेले २०६२ सालमा धादिङ जिल्ला सेन्टर प्रोजेक्ट संस्थाको नाममा २ लाख ९० हजार रुपैयाँ चन्दा असुली गरेको रहेछ । यही कारण त्यो संस्थाका कर्मचारीहरुको करिव ५ लाख रुपैयाँ तलब भत्ता भुक्तान समेत हुन सकेको रहेछन । यति मात्र होइन, थामी भाषाको लिपी रहेको अत्यन्त पुरानो ५ ठेली दस्तावेज तथा थामीहरुको भुमे पुजासम्वन्धी बनाउन लागिएको वृतचित्रको भिडियो समेत गायब पारेको रहेछ यसले । यति मोटो रकम ठगी गरेपछि यो विद्धान अहिले फरार भएको छ । जो पिएचडी गर्छु भन्छ उही यस्तो ठगीमा संलग्न भएपछि पढेका मानिस फटाहा हुँदा रहेछन भन्ने सन्देश गएको छ ।
|
|
Category: Tv Show

0 comments