आफनै गाउँ बनाउन गीति एल्बम
|
|
काठमाडौं, असार ९ । रुकुमको झुम्लावाङलाई दिगो विकासको क्षेत्रमा नमुना गाउँ बनाउने उद्देश्यका साथ गीतकार पद्मा लिंखा मगरले तयार पारेको गीति एल्बम नजर बजारमा आएको छ । राजेश थापाले संगीत दिएको उक्त एल्बम शनिबार राजधानीमा आयोजित कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले लोकार्पण गरेका हुन् ।
निष्ठा म्युजिकले बजारमा ल्याएको नजर एल्बममा आठवटा गीत संग्रहित छन् । ती गीतहरुमा संगीता राना, उदय सोताङ, राजेश पायल राई, रिमा गुरुङ होडा, स्वरुपराज आचार्य, अञ्जु पन्त र दीपक लिम्बूको स्वर समेटिएको छ ।
संगीतकार थापाले वर्षदिनको अभ्यासपछि एल्बम तयार भएको उल्लेख गर्दै नजर एल्बममा सुगम संगीतसँग संवद्ध गीतहरु समावेश रहेको जानकारी दिए । हामीले यसलाई सामाजिक कार्यमा जोडेका छौं, थापाले भने, तपाईंहरुले सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा छ ।
अमेरिकामा बस्दै आएकी गीतकार पद्माले शुभकामना सन्देशमार्फत परिस्थिति र बाध्यताले विदेशमा रहँदा देशको सम्झनाले सताउँदा घोरिएर कोरिएका आफ्ना सिकारु सिर्जनालाई जे जसो भए पनि एल्बमका रुपमा ल्याउन पाउँदा भाग्यमानी महसुस गरेको बताएकी छन् ।
एल्बम बिक्री र सीआरबीटी तथा पीआरबीटीबाट संकलित संम्पूर्ण रकम झुम्लावाङ गाउँ संस्थापनाद्धारा सञ्चालित तथा निर्माणाधीन सामुदायिक स्वास्थ्य केन्द्रको लागि आर्थिक सहयोग जुटाउन सके, दिगो विकासको सन्देश जान सके, उनले भनेकी छन्, र, श्रोताले केही हदसम्म भए पनि मनोरन्जन लिन सक्नुभयो भने मेरो सिर्जनाले सार्थकता पाएको ठान्नेछु ।
एल्बमको समीक्षा गर्दै कवि तथा गीतकार श्रवण मुकारुङ र संगीतकार राजु सिंहले संगीतमार्फत गाउँको विकासमा योगदान पुरयाउन गरेको कामको प्रशंसा गरेका थिए । नेपाली गीत लेखनको परम्परालाई हेर्ने हो भने माधव घिमिरे नै आजसम्मका त्यस्ता प्रतिभा हुन,् जसका गीतका हरफहरु आफैं जीवन्त रहेका छन् ।
यस्तो सूक्तिमयताको झलक युवा गीतकार पद्मा लिंखा मगरका यी गीतहरुमा पनि भेटिन्छन् । त्यसैले यिनको भविष्य निकै सुन्दर देख्छु म । अझ समाजसेवा गर्नका लागि यी प्रतिभा गीत लेख्दा रहेछिन् । यो, उनको व्यक्तित्वको अर्को पाटो भयो । जसले उनका यी गीतहरुलाई सुन्नै पर्ने कर्तव्यबोध पनि गराएको छ, कवि मुकारुङले भने ।
निष्ठा म्युजिकका तर्फबाट राष्टगान सर्जक व्याकुल माइलाले एल्बमबाट प्राप्त हुने सम्पूर्ण झुम्लावाङ गाउँको विकासमा जाने भइसकेपछि सत्कार्यका लागि एल्बम प्रकाशनमा सहमति जनाएको जानकारी दिए । झुम्लावाङमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माणाधीन रहेछ । उहाँहरुले १० वर्षपछि नमुना गाउँ बनाउनेछौं भन्नुभयो, तब गाउको मायाले हाम्रो पनि साथ रह्यो, राष्टगान सर्जक माइलाले भने, आर्थिक लाभको आसा गरेका छैनौं । एल्बमको बिक्री, सीआरबीटी, सीआरबटी सिधै सामुदायिक स्वास्थ्य कोष निर्माण कोषमा जानेछ ।
उनले एल्बम प्रकाशनका क्रममा गुणस्तरमा सम्झौता नगरेको स्पष्ट पार्दै सिंगापुरबाट एल्बम डबिङ गरेको पनि खुलाए । झुम्लावाङ गाउँ संस्थापनाका तर्फबाट इन्जिनियर अजय मगरले यस एल्बमबाट झुम्लावाङलाई दिगो विकासको क्षेत्रमा नमुना गाउँ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा निष्ठा म्युजिकका तर्फबाट वरिष्ठ संगीतज्ञ गुरुङलाई सम्मान, गायिका श्रेयसी चेम्जोङ, संगीतकारहरु राजेश थापा र गोपाल अधिकारीलाई कदरपत्र प्रदान गरिएको थियो ।

Category: News

0 comments