बिश्वकै १४ स्थानमा नेपाली फ्यान्टासी महिला ..

Unknown | 01:41 | 0 comments

काठमाण्डौं । नेपाली मूलका नयाँ पुस्ताले बिश्व ग्लामर तथा फेसन बजारमा एकपछि अर्को गर्दै उच्चस्थान बनाउन थालेका छन् ।aहालै एक युवतीले बिश्वका उत्कृष्ट १ सय फ्यान्टासी महिलाको सूचीमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । काठमाण्डौमा जन्मिएर नर्वेलाई कर्मथलो बनाइरहेकी अमृता आचार्यले सूचीको ९४ औं स्थानामा परेकी छिन् ।हलिउड, बलिउडमा नाम कहलिएका सेलिब्रीटीको गतिबिधि प्रकाशित हुने बहुराष्ट्रिय पत्रिका ‘पिपुल’ले हालै प्रकाशन गरेको सूचीमा अमृता पनि रहेको शुक्रबार प्रकाशित साप्ताहिकले छापेको छ । एचवीओ च्यानलबाट प्रसारित हुने लोकपि्रय धारावाहिक ‘गेम अफ थ्रोन्स’ तथा ‘द डेभिल्ड्स डवल’की मुख्य अभिनेत्री अमृताको थर भने आचारिया लेखिएको छ । विकिपेडियामा उनी नेपाली बाबु र युक्रेनी आमाको सन्तान भएको उल्लेख छ । काठमाण्डौमा जन्मे, हुर्केकी उनी युक्रेन, नर्वे र बेलायतमा युवा अबस्था बिताएको उल्लेख छ । १३ बर्षमा नर्वे पुगेकी अमृता १९ बर्षको उमेरदेखि बेलायतमा बस्न थालेको उल्लेख छ ।भिडिओ हेर्न बक्समा क्लिक गर्नुहोस

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments