बलात्कारको आरोपमा पाँच युवक पक्राउ
|
|
चितवन — बलात्कार गरेको आरोपमा नारायणगढका विभिन्न स्थानबाट पाँच जना युवालाई चितवन प्रहरीले पक्राउ गरेको छ। जिल्लाकै एक युवतीलाई ललाइफकाइ झुक्याएर भरतपुर–४ प्रेसमार्गमा डेरा गरी बस्ने सुशील श्रेष्ठको कोठामा लगेर पाँचै जनाले बलात्कार गरेको आरोपसहितको उजुरी युवतीले प्रहरीमा दिएपछि उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा पूर्वी चितवन कुमरोज गाविस–३ का २४ वर्सीय ईश्वर ढुङ्गाना, २४ वर्षीय सुशील श्रेष्ठ, सप्तरी घर भई भरतपुर बस्ने २८ सन्तोष चौधरी, गोरखा आँपपीपल घर भएका खगेश्वर राना र वीरेन्द्रनगरका ३० वर्षीय गोविन्द अर्याल रहेका छन्।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आइतबार पक्राउ गरी आजबाट उनीहरुलाई बलात्कारको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारबाही अगाडि बढाइएको पनि प्रहरीले बताएको छ।
भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोला

Category: News

0 comments