७ कक्षा पढ्ने छात्रालाई शिक्षकले लिङ्ग देखाएको आरोप

Unknown | 01:25 | 0 comments

गोरखा — शिक्षकले विद्यार्थीलाई आफ्नै लिङ्ग देखाउँदै दुर्व्यहार प्रयास गरेपछि मंगलवार जिल्ला प्रहरी कार्यालयमा अनौठो दृष्य देखियो। एक– दुई कक्षामा पढ्ने देखि १० सम्मका विद्यालय पोसाक लगाएका तीन सयभन्दा बढी विद्यार्थी नाराजुलुस गर्दै आएपछि प्रहरी पनि एकछिन्र छक्क पर्‍यो। विद्यार्थीको इज्जत लुट्न खोज्ने शिक्षकलाई कारवाही गर्नु पर्ने माग राख्दै सदरमुकामको महेन्द्रज्योती उच्च माविका विद्यार्थी कक्षा बन्द गरी प्रहरी कार्यालय आएका हुन्।

सोमवार साँझ गोरखा नगरपालिका-१० को सेन्ट जोसेफ बोर्डिङ स्कुलका शिक्षक रामजी पाण्डले महेन्द्र ज्योती उच्च मावि कक्षा ७ मा पढ्ने १३ वर्षीया छात्रालाई जबरजस्ती गर्न खोजेको आरोप लगाइएको छ। मंगलवार विद्यालयमा उक्त घटना थाहा भएपछि सबै विद्यार्थी र शिक्षक दुर्ब्यवहार गर्ने शिक्षकलाई कडा कारवाहीको माग गर्दै विद्यालय बन्द गरेर दवाब दिन प्रहरीमा आए। नाराजुलुस गर्दै आएको विद्यालयका शिक्षक स्टाफ, विद्यार्थी, अविभावक सहितको टोलीले शिक्षकलाई कारवाहीको माग राख्दै प्रहरीमा ठाडो उजुरी दिएका छन्। विद्यालयका प्रचार्य लक्ष्मण आचार्यले भने, 'हाम्रो विद्यार्थीलाई र्दुब्यवहार भएको थापा पाएपछि बैठक बसेर न्यायका लागि प्रहरीमा आएका हौँ।'


आउ आउ भन्दै लखेट्यो : पीडित छात्रा

सोमवार साँझ धाराबाट पानी लिएर फर्कँदै गरेको समयमा शिक्षकले लिङ्ग देखाउँदै लखेटेको पीडित विद्यार्थीलाई उदृत गर्दै विद्यालयले जनाएको छ। पीडित विद्यार्थीले नागरिकन्युजसँग भनिन् 'एक साता अघि पनि पानी बाकेर फर्कँदै गर्दा लखेटेको थियो, हिजो लिङ्ग देखाएर आउ-आउ भन्दै लखेट्यो।'

दुब्यवाहार गर्ने शिक्षक पाण्डे विबाहीत हुन्। उनी सेन्ट जोसेफ स्कुलमा मावि तह म्म अंग्रेजी विषय पढाउँछन्। आफूलाई फसाउन घटनालाई तोडमोड गरिएको प्रहरीको बयानमा उनले भनेका छन्। पिसाब फेरिरहेको समयमा ती विद्यार्थीले देखेको बताउँदै उनले जबरजस्ती गर्न नखोजेको बताए। प्रहरीले हिजो साँझ नै शिक्षक पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक डिलबहादुर मल्ले बताए। उनले भने ...अनुसन्धान भइरहेको छ, पुष्टि भएपछि ऐन अनुसार आवश्यक कारवाही गछौँ।'

पुरा भिडियो हेर्न तलको बक्समा किलिक गर्नुहोला

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments