पत्नीको गुप्ताङमा तेजाब हालेर पति फरार
|
|
छिमेकी पुरुषसाग बोलेकामा आˆनो चरित्रमाथि लाञ्छना लगाउँदै कुटपिट गर्ने पति ४८ वर्षीय कृष्णबहादुर विश्वकर्माले सुतिरहेका बेला गुप्ताङमा तेजाब हालेर फरार भएको पीडितले बताइन् ।
सख्त घाइते बद्रीमायाको उपचारका लागि स्थानीय महिलाले पाँच हजार रुपैयाँ चन्दा सङ्कलन गरी युनिक अस्पतालमा भर्ना गरिदिएको र सो अस्पतालले सिफारिस गरेपछि मङ्गलबार अपराहृन अञ्चल अस्पताल भर्ना गरेको महिला अधिकारकर्मी बकधुवा गाविस-९ की कुसुम आचार्यले बताए ।
जेठी पत्नीले छाडेपछि कृष्णबहादुरले १३ वर्ष अघि बद्रीमायासाग बिहे गरेका थिए । बद्रीमायातर्फ ११ वर्षकी छोरी र पाँच वर्षको छोरा छन् ।
घटनाका बारेमा महुली प्रहरी चौकीमा उजुरी परेको र फरार कृष्णबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
|
|
Category: News

0 comments